राप्तीसोनारी वडानं. १ मा खरको छानामुक्त अभियान जारी

सदरलाइन संवाददाता १९ श्रावण २०८१, शनिबार १५:३६
 

राप्तीसोनारी (बाँके) :  बाँकेको राप्तीसोनारी गाउपालिका वडानं. १ ले वडालाई खरको छाना मुक्त गर्ने अभियान अन्तरगत यो वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिएको छ ।

वडा अध्यक्ष यामबहादुर खड्काले दिएको जानकारी अनुसार वडा पालिकाले आफ्नो वडाभित्र रहेका विपन्न तथा सिमान्तकृत समुदायलाई लक्षित गरी आगलागी जस्तो दैविप्रकोपबाट जोगाउन खरको छाना मुक्त अभियान सञ्चालन गरेको हो ।

वडामा रहेका सबै खरका छानालाई मुक्त गर्ने लक्षका साथ योजना सञचालन गरेको हो । हालसम्म १ सय ११ घरलाई खरको छानामुक्त गरी सकेको र चालु आर्थिक वर्षमा ५३ घरधुरीलाई खरका छाना मुक्त गर्ने योजना रहेको वडा अध्यक्ष खड्का बताउछन् ।


वडा अध्यक्ष खड्काले आफु निर्वाचित भएर आएपछि वडामा रहेका विपन्न तथा सिमान्तकृत समुदायको घरको छानालाई खर मुक्त गरी जस्ता पाता लगाउन सुरु गरेको बताए ।

उनले आर्थिक वर्ष ०७९–०८० मा २० लाख विनियाजित गरी ६५ घर धुरीलाई खरको छानो मुक्त गरेको, आर्थिक वर्ष ०८०–०८१ मा १५ लाख विनियोजित गरी ४६ घरधुरी र चालु आर्थिक वर्षमा १५ लाख विनियोजित गरी ५३ घर धुरीलाई खरको छाना मुक्त कार्यक्रम सञ्चालन गरिएको बताए ।

वडा अध्यक्ष खड्काले खरको छाना विस्थापित कार्यक्रम लागु भएपछि वडामा आगलागीका घटनामा न्यूनिकरण भएको बताउदै कार्यक्रम परेका लाभग्राहीले १० फुट लम्बाई र ३२ गेज मोटाई भएको २२ वटा जस्तापाता पाउने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संविधान संशोधनविरुद्ध भ्रम फैल्याउन कोसिस भइरहेको छः प्रधानामन्त्री ओली

१९ श्रावण २०८१, शनिबार १५:३६
काठमाडौँ  : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनविरुद्ध भ्रम फैलाउने कोशिस भइरहेको बताएका छन् ।एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आइतबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहण समारोहमा बोल्दै संविधान संशोधनविरुद्ध भ्रम फैल्याउने मुलुकमा क्रियाशील रहेको बताएका हुन । संविधान संशोधन स्वाभाविक रूपमा लोकतन्त्रलाई सुदृढ […]