बस कर्णालीमा खस्दा ४ जनाको मृत्यु, दर्जनबढि घाइते

सदरलाइन संवाददाता १२ जेष्ठ २०७९, बिहीबार १७:४९
 

नेपालगञ्ज : कालिकोटबाट सुर्खेतका लागि छुटेको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १७ जना गम्भीर घाइते भएका छन् । म १ ख ६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका वडा नम्बर १ सिस्ने नजिक बुधवार राती दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । बस सडकबाट झण्डै ५० मिटर तल कर्णाली नदीको छेउमा खस्दा सो दुर्घटना भएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेमा दैलेखको दुल्लु नगरपालिका–९ पदुकाका ३५ वर्षीय काशीराम पाण्डे, ३० वर्षीय धीरेन्द्र सुनार, कालिकोट पलाँता गाउँपालिका – ३ का ३३ वर्षीय ज्ञानबहादुर बम र पलाँता गाउँपालिका ३ कै ३२ वर्षीया धनकला शाही रहेका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।


दुर्घटनामा गम्भीर घाइते १७ जनालाई राति नै उपचारका लागि सुर्खेत पठाइएको छ । दुर्घटनामा सामान्य घाइते भएकाहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको बताएको छ ।

बस चालक सुरेन्द्र डाँगी क्षेत्रीलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक नरेश विकले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज मेडिकल कलेजका चिकित्सक र कर्मचारी आन्दोलित

१२ जेष्ठ २०७९, बिहीबार १७:४९
नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सक र कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । चार महिनादेखि तलव भत्ता नपाएको भन्दै चिकित्सक र कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरु आन्दोलनको पहिलो दिन बिहीवार अस्पताल प्रशासन अगाडी एक घण्टा धर्ना बसेका थिए । विहान ९ बजेदेखि १० बजेसम्म हातमा कालो पट्टी बाँधेर […]