जिल्ला लिग फुटबलमा नवदुर्गा र बुद्ध विजयी

२५ जेष्ठ २०७६, शनिबार १५:१६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा जिल्ला लिग फुटबल प्रतियोगिता शुरु भएको छ । बाँके जिल्ला फुटबल संघको आयोजनामा शनिवारदेखि जिल्ला लिग फुटबल शुरु भएको हो ।
प्रतियोगिताको पहिलो दिन भएको दुई वटा खेलमा नवदुर्गा युवा क्लव कम्दी र बुद्ध युवा क्लव मुक्तिपुर विजयी भएका छन् । नवदुर्गा युवा क्लवले युनाइटेड क्लव नेपालगञ्जलाई ५–० गोलले पराजित गर्यो । अर्को खेलमा बुद्ध युवा क्लवले जयकिसन क्लव सैनिकलाई २–० गोलले पराजित गरेको छ ।
प्रहरी तालिम केन्द्रका गणपति प्रहरी वरिष्ठ उपरीक्षक डा. देवबहादुर बोहराले रेफ्री अमर घलेलाई बल हस्तान्त्रण गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए । जिल्लामा यसपाली ११ वटा टीमले जिल्ला लिगमा भाग लिएको छ । बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीका अनुसार गतवर्ष १४ वटा क्लवले जिल्ला लिग खेलेका थिए ।
जिल्ला लिगको विजेताले प्रदेशमा सहभागिता जनाउन पाउँछन् । प्रदेश च्याम्पियनले केन्द्रमा खेल्न पाउने प्रशिक्षक रविन्द्र श्रेष्ठले जानकारी दिए ।

Next Post

अपर कर्णालीमा बम विस्फोट

२५ जेष्ठ २०७६, शनिबार १५:१६
सदरलाइनडटकम, अछाम : अछामस्थित अपर कर्णाली जलविद्युत् आयोजनाको कार्यालयमा बम विस्फोट भएको छ । अछामको तुर्माखाद गाउँपालिका ३ भैरवस्थानमा रहेको सम्पर्क कार्यालयमा शनिवार बिहान ४ बजे प्रेशर कुकर बम विस्फोट भएको प्रहरिले बताएको छ । स्थानीय दीपक बिसीबाट भाडा लिएर उक्त आयोजनाले कार्यालय सञ्चालन गरिरहेको घरमा बम विस्फोट भएको हो […]