अत्यावश्यक बाहेकका पसल बन्द गर्ने संघको निर्णय

९ चैत्र २०७६, आईतवार १२:५४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघले अत्यावश्यकीय सेवाबाहेक अन्य पसल तथा व्यवसाय बन्द गर्न अपील गरेको छ । संघको आईतवार बसेको आकस्मिक बैठकले नेपाल सरकारको निर्देशन अनुसार अत्यावश्यकीय बस्तु तथा सेवाको कामबाहेकका सम्पूर्ण क्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।
अध्यक्ष अब्दुल वाहिद मन्सुरी अध्यक्षतामा बसेको बैठकले सरकारले गरेको निर्देशन अनुसार, उद्योगी, व्यवसायीले अर्को निर्णय नहुँदासम्म चैत २१ गतेसम्म आफ्नो व्यापार व्यवसाय बन्द गरी बिश्वभर फैलिएको कोरोना संक्रमणबिरुद्धको अभियानमा साथ र सहयोग गरिदिनु हुन अपील गर्ने निर्णय गरेको हो ।
संघले अध्यक्षको संयोजकत्वमा पदाधिकारी र प्रवक्ता सहित रहने गरी बिपतकालिन राहात कोष परिचालन समितिलाई प्रभावकारी बनाउन कार्यान्वयन परिचालन समिति गठन गर्ने र उक्त राहत कोषमा आर्थिक सहयोग गर्न सम्पूर्ण उद्योगी, व्यवसायीलाई अपील गर्ने निर्णय गरेको छ ।


Next Post

भारतीय क्वारेन्टाइनबाट फरार दुई नेपालीको नाकामा निगरानी

९ चैत्र २०७६, आईतवार १२:५४
सदरलाइनडटकम, नेपालगञ्ज : भारतीय क्वारेन्टाइनबाट फरार भएका दुई जना नेपालीको बाँके प्रहरीले नाकामा कडा निगरानी गरिरहेको छ । दाङका विष्णु चौधरी र भरत चौधरी नाकाबाट भित्रिनसक्ने भन्दै प्रहरीले निगरानी थालेको हो । चौधरीद्वय भारतको केरला क्वारेन्टाइनबाट भागेको प्रहरीलाई सूचना आएको छ । केरलाबाट उनीहरु कुन नाकाबाट नेपाल प्रवेश गरे खुल्न […]