नेपालगञ्जको सपथ ग्रहणमा अपमान गरेको जनप्रतिनिधिको आरोप

सदरलाइन संवाददाता ८ जेष्ठ २०७९, आईतवार १६:४१
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकामा आयोजना गरिएको सपथ ग्रहण कार्यक्रममा आफूहरुलाई अपमान गरेको केही जनप्रतिनिधिहरुले आरोप लगाएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाले राखेको स्वागत तथा सपथ ग्रहण कार्यक्रमको प्रक्रिया नमिलेको भन्दै २३ वडाध्यक्ष र अन्य निर्वाचित पदाधिकारीलाई सँगै सपथ नगराई यथास्थानमा बसालेर अपामान शैलीमा सपथ ग्रहण गराएको जनप्रतिनिधिले आरोप लगाएका हुन् ।

यस्तै कार्यक्रममा ब्यानरसमेत नराखिएको र जनप्रतिनिधिलाई उपेक्षा गरेको भन्दै एमालेसहितका केही दलका जनप्रतिनिधिले सपथ ग्रहण कार्यक्रममार्फत अपमानित गरिएको वडा नम्बर ६ का वडाअध्यक्ष समिर प्रताप सिंहले बताए ।


उनीसँगै उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, वडा नं १८ का अध्यक्ष दिपक बर्मा लगायत नवनिर्वाचित वडा सदस्यले सपथ कार्यक्रममा मनोमानी चलेको आरोप लगाए ।

कार्यक्रममार्फत नेपालगञ्ज उपमहानगरपालिकाका नव निर्वाचित मेयर प्रशान्त बिष्ट र उपमेयर कमरुद्दिन राईले सपथ लिएका छन् । मेयर बिष्टलाई बाँकेका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले सपथ दिलाएका हुन् ।

त्यसपछि मेयर बिष्टले उपमेयर कमरुद्दिन राईसहित नवनिर्वाचित जनप्रतिनिधिलाई सपथ ग्रहण गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जेठ १० गतेदेखि कोभिडविरुद्धको खोप अभियान पुनः शुरु हुने

८ जेष्ठ २०७९, आईतवार १६:४१
नेपालगञ्ज : बाँकेमा यही जेठ १० गतेदेखि कोभिडविरुद्धको खोप अभियान पुनः शुरु हुँदैछ । स्थानीय तहको निर्वाचनका कारण कोरोना विरुद्धको खोप अभियान रोकिएको थियो । जिल्लाका ८ वटै पालिकाका ८१ वटा वडामा यही जेठ १०, ११ र १२ गते १८ वर्षमाथिका नागरिकलाई कोरोना विरुद्धको पहिलो, दोस्रो र बुष्टर डोज दिन […]