नेपालगन्जमा यू–१६ टि–२० क्रिकेट प्रतियोगिता हुदै

१७ कार्तिक २०७३, बुधबार ११:४१
 

pic 2 सदरलाइनडटकम,
१७ कात्तिक, नेपालगन्ज :  बाँकेका गामिण क्षेत्रका दूरदराजमा लुकेर बसेका खेलप्रतिभाको खोजिको लागि यू–१६ टि–२० क्रिकेट प्रतियोगिता आयोजना गरिने भएको छ । लुकेका र क्षमतावान क्रिकेट खेलाडीको पहिचान गरि नेपालगन्जबाटै राष्ट्रियस्तरको टिम तयार गर्ने उद्देश्यले नेपालगन्जमा सो प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।
विद्यालय र विभिन्न क्लवमा आवद्ध १६ बर्ष मुनीका क्रिकेट खेलाडीलाई फ्यूजन गरि उत्कृष्ट क्लव स्थापनामा सहयोग गर्न प्रतियोगिता आयोजना गरिएको रोयल स्पोर्टस् क्लवका सचिव जमिल अन्सारीले जानकारी दिए । उनले कात्तिक २५ गतेदेखि संचालन हुने प्रतियोगितामा २० वटा टिमले भाग लिने भएका छन् । नकआउटमा खेलाइने सो प्रतियोगिताको प्रायोजक बैशाली साइकलले गर्ने भएको छ ।
‘नयाँ खेलाडी उत्पादन र क्रिकेट खेलको विकासका लागि प्रतियोगिता आयोजना गरिएको हो’– क्रिकेट प्रशिक्षक दिपेन्द्र प्रताप सिंहले भने–‘लामो समयदेखि प्रतियोगिता हुन नसक्दा बाँकेमा क्रिकेटको क्रेज खट्दै गएकोले प्रतियोगिता भए मात्र नयाँ खेलाडीकोे पहिचान हुन्छ, त्यसैले प्रतियोगिता आयोजना गरेको हो ।’
उनले नेपाल क्रिकेट संघले प्रतियोगिता नगरेका कारण नयाँ खेलाडीको अगाडी जाने ढोका बन्द भएको गुनासो गर्दै भने–‘ क्यानलाई आईसिसिले प्रतिबन्ध लगाएपछि यहाँ लगभग क्रिकेटको भविश्य नै अन्धकार बनेको छ । तर, पनि स्थानीय क्रिकेट प्रेमीका कारण केही प्रतियोगिता हुने गरेको छ ।’


pic1
उनले प्रायोजन गर्ने संस्था नभेटिदा प्रतियोगिता आयोजना गर्न नसकिएको समेत बताए । ‘खेलमा प्रायोजन गर्ने प्रचलन मध्यपश्चिममा विकास भइसकेको छैन, यसले यस क्षेत्रको खेल विकासमा असर परिरहेको छ,’ प्रशिक्षक सिंहले भने ।
प्रतियोगिता प्रायोजक संस्था बैशाली साईकलका प्रोप्राइटर मेराज अहमद हिमालयले ‘स्वास्थ्यका लागि खेल राष्ट्रका लागि खेल’ भन्ने नारालाई सार्थक बनाउन सहयोग गरेको बताए । उनले बाँकेका यूवा लागुऔषधको कुलतमा फस्दै गएकोले यूवालाई राम्रो मार्गमा डो¥याउन प्रतियोगिताले मद्दत गर्ने आशा ब्यक्त गरे । ‘यस्ता प्रतियोगिताले यूवालाई कुलतबाट जोगाउन सहयोग गर्नेछ, खेलकुदसँगै यूवालाई विकास, निर्माणमा लगाउने यसको उद्देश्य हो,’ मेराजले भने ।
खेलकुदले देशको शिर उँचो हुने बताउँदै उनले बाँकेमा उत्पादन भएका खेलाडीले देशको गरिमा बढाउने विश्वास ब्यक्त गरे ।
पत्रकार सम्मेलनमा राष्ट्रिय महिला क्रिकेट टिमका पूर्व कप्तान तथा खेलाडी नेरी थापाले प्रतियोगिता नहुँदा स्तरिय खेलाडी उत्पादन हुन नसकेको बताइन् । उनले बाँकेमा नयाँ क्रिकेट खेलाडी उत्पादनमा कमी आएको बताइन् । ‘प्रतियोगिता भए पो नयाँ नयाँ खेलाडी जन्मिन्छन्, अहिले देशमा नयाँ खेलाडी नै जन्मिन सकेका छैनन्,’ उनले भनिन् । उनले बाँकेका क्रिकेट प्रशिक्षण र प्रतियोगिताका लागि मैदानको समस्या भएको समेत बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके प्रहरीद्वारा एकलाख बढीको पटाका नष्ट(भिडियो सहित)

१७ कार्तिक २०७३, बुधबार ११:४१
सदरलाइनडटकम      १८ कात्तिक, नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँके र मातहातका विभिन्न प्रहरी यूनिटहरुबाट तिहारको लागि लक्षित गरी ल्याईएका पटाका तथा अन्य आतिसबाजीका सामान नियन्त्रणमा लिएर नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा विभिन्न क्षेत्रका प्रतिनिधिहरुको रोहबरमा नष्ट गरिएको सो पटाकाको अन्दाजी मूल्य १ लाख २५ हजार रहेको […]

सम्बन्धित