डुडुवामा डुवेका व्यक्तिको खोजीका लागि गोताखोरको टिम परिचालन

सदरलाइन संवाददाता २५ असार २०८१, सोमबार १८:०५
 

नेपालगञ्ज :  आइतबार साँझ बाँकेको डुडुवा नदीमा डुवेर बेपत्ता भएका नेपालगञ्ज–२० राँझा विमानस्थल ४२ वर्षिय सुशीलप्रसाद दाहालको सशस्त्र प्रहरीको गोताखोरको टिमले खोजी रहेको छ ।


उनी हिजासाँझ साढे ५ बजे पौडि खेल्नेक्रममा डुवेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।

उनी डुडुवामा डुवेर वेपत्ता भएको खबर प्राप्त हुने वित्तिकै सशस्त्र प्रहरी बल, नेपाल आयल निगम सुरक्षा बेश राँझाबाट सशस्त्र प्रहरी निरिक्षक नवराज शाहीको कमाण्डमा ७ जनाको टोली खटिगई नेपाल प्रहरी र स्थानीय बासिन्दाहरुको सहयोगमा खोजिकार्य भए पनि भेट्न नसकेपछि सोमबार खोताखोरसहितको टिमले खोजी सुरु गरेको सशस्त्र प्रहरी वल ३० नं. गणका गणपति तथा सशस्त्र प्रहरी उपरिक्षक विमल डाँगीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

देशभर ३८ प्रतिशत मात्र रोपाई

२५ असार २०८१, सोमबार १८:०५
नेपालगञ्ज डेस्क : लामो समयको खडेरीका कारण आइतबारसम्म मुलुकभर ३८ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यही असार २३ गतेसम्म सातै प्रदेशमा कूल पाँच लाख ३९ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा रोपाईँ सम्पन्न भएको हो । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५४ दशमलव २ प्रतिशत रोपाइँ भएको कृषि […]