नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिकामा कांग्रेसले बाजी मारेको छ । कोहलपुरको मेयरमा नेपाली कांग्रेसका पुर्ण आचार्य १९६८ मतान्तरले बिजयी भएका छन् ।
कांग्रेसका आचार्यले नेकपा एमालेका खिल प्रसाद भुसाललाई १९६८ मतान्तरले पराजित गर्दै मेयरमा बिजयी भएका छन् । नवनिर्वाचित मेयर आचार्यले १४१५३ मत र एमालेका भुसालको १२१८५ मत प्राप्त गरेका छन् ।


त्यस्तै उपमेयरमा कांग्रेसकी संगीता सुवेदीले एमालेकी अस्मिता थारुलाई ९१७ मतान्तरले पराजित गर्दै बिजयी भएकी हुन् । सुवेदीले १४०७४ मत र एमालेकी चौधरीले १३१५७ मत प्राप्त गरेका छन् ।
कोहलपुरको वडाहरुमा कांग्रेस ९, नेकपा एमाले ४ र नेकपा माओवादीले २ वटा वडामा बिजय हासिल गरेका छन् ।