नेपालगञ्जका नवनिर्वाचित मेयर विष्टले सम्हाले कार्यभार

सदरलाइन संवाददाता ८ जेष्ठ २०७९, आईतवार १६:३३
 

नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख प्रशान्त विष्टले सपथ संगै कार्यभार सम्हालेका छन् । आइतवार विहान सपथ लिएपछि उनले कार्यभार सम्हालेका हुन् । कार्यभार सम्हाले लगत्तै उनले केही महत्वपूर्ण निर्णय गरेका छन् ।


नेपालगञ्ज उपमहानगरपालिका कार्यालयलाई अपांगमैत्री बनाउँदै जेष्ठ नागरिकलाई सहज पहुँचका लागि उपमहानगरपालिकामा लिफ्टको ब्यवस्था गर्ने, जेष्ठ नागरिकलाई सामाजिक भत्ता लिन घण्टौं लाइन वस्नु नपर्ने गरी वडा कार्यालयबाटै बैकिंग प्रणालीमार्फत् उपलब्ध गराउने र भेरी अस्पतालमा विरामीहरूको लागि सहज तरिकाले खानाको ब्यवस्थापन गरिरहेको अंजनी माता रसोईलाई प्रति महिना १ लाख दिने निर्णय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको सपथ ग्रहणमा अपमान गरेको जनप्रतिनिधिको आरोप

८ जेष्ठ २०७९, आईतवार १६:३३
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकामा आयोजना गरिएको सपथ ग्रहण कार्यक्रममा आफूहरुलाई अपमान गरेको केही जनप्रतिनिधिहरुले आरोप लगाएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले राखेको स्वागत तथा सपथ ग्रहण कार्यक्रमको प्रक्रिया नमिलेको भन्दै २३ वडाध्यक्ष र अन्य निर्वाचित पदाधिकारीलाई सँगै सपथ नगराई यथास्थानमा बसालेर अपामान शैलीमा सपथ ग्रहण गराएको जनप्रतिनिधिले आरोप लगाएका हुन् । […]