‘नेपालगञ्जका क्यासिनोमा नियम बिपरित काम भएको छैन’

सदरलाइन संवाददाता २७ मंसिर २०८०, बुधबार १५:५२
 

नेपालगञ्ज : भारतीयलाई लक्षित गरी नेपालगञ्जलगायत सीमावर्ती सहरमा बग्रेल्ती क्यासिनो खुलेका छन् । यी क्यासिनोमा नेपाली नागरिकलाई जानु कानुनतः निषेध छ ।

तर कानुनको खिल्ली उडाउँदै नेपाली नागरिक यस्ता क्यासिनोमा जाने गरेका र त्यसरी क्यानिसो छिरेका नेपाली घरबारबिहिन भएका खबरहरु सार्वजनिक भइरहेका बेला बाँकेको प्रहरी, प्रशासनले यहाँका क्यासिनोमा कानून बिपरितको काम नभएको दावी गरेको छ ।

अनुगमनका क्रममा यस्तो नभएको प्रहरी अधिकारीहरुको भनाई सार्वजनिक भएका छन् भने जिल्ला प्रशासन कार्यालय बाँकेको आधिकारिक फेसबुकपेज मार्फत क्यासिनोमा अनुगमनका क्रममा कानून बिपरितको कार्य भएको नपाइएको बताइएको छ । क्यासिनोमा भारतीयसँगै नेपालीलाई समेत मिलोमतोमा छिराउने गरेको चर्चा छ ।

नियमित क्यासिनोको लतका कारण नेपाली नागरिकको समेत उठिबास भएका उदाहरणहरू छन् । यस्ता नेपालीहरू कानुनी व्यवस्थाका कारण कहीँकतै बोल्न चाहँदैनन् र क्यासिनोले पनि नेपाली छिराएको विषयलाई स्वीकार्दैनन् ।


ठगिएका नेपालीले कसैलाई पनि भन्ने अवस्था नरहेको बताउँदै भन्छन्, ‘भनेर के गर्नु रु उल्टै किन गइस् त क्यासिनो भन्लान् भन्ने डर छ ।’ पश्चिम नेपालको आर्थिक केन्द्र नेपालगन्जमा तारे होटलपिच्छे ‘क्यासिनो’ खुलेका छन् । होटल सोल्टीमा महाजोङ, सिद्धार्थ भ्यूमा ज्याकपट, स्टारलाइटमा लक्की स्टार, स्नेहमा ब्लिज, कलपत्रुमा एसएन ब्लु, ड्रिमल्यान्डमा ह्याप्पी आवर र सिटी प्यालेसमा सिटी ग्यामिङ सञ्चालनमा छन् । उद्योग विभागमा दर्ता भई सञ्चालनमा आउन बाँकी अन्य क्यासिनोसमेत रहेका छन् ।

नेपालगन्जलाई क्यासिनो सिटी बनाउनुपर्नेबारे धेरै पहिलेदेखि चर्चा परिचर्चा भइरहेको थियो । नभन्दै पछिल्लो एक दशकमा भारतीयलाई लक्षित गरेर यहाँ आधा दर्जन बढी क्यासिनो खुलिसकेका छन् । थप होटलमा क्यासिनो सञ्चालन गर्न पूर्वाधार निर्माण गर्ने काम भइरहेको छ । क्यासिनो खुलेपछि नेपालगन्जका होटलहरू गुल्जार बनेका छन् । चहलपहल बढेको छ । तर नेपालीसमेत प्रवेश गराएर उनीहरूको उठिबास हुने अवस्था देखापरेको छ । रोजगारी, भारतीय मुद्रा आर्जन र तारे होटलको आम्दानीको स्रोत बनेका छन् क्यासिनो ।

फाइदासँगै क्यासिनोका कारण कुनै पनि प्रकारको विकृति नभित्रियोस् र नेपालगन्जको मौलिक पहिचान नगुमोस् भन्नेमा कोही सचेत देखिएका छैनन् । गत शुक्रबार प्रतिनिधिसभाको लेखा समितिको बैठकमा पूर्वपर्यटनमन्त्री प्रेम आलेले सीमावर्ती क्षेत्रमा खुलेका क्यासिनोका कारण भारतीयको उठिबास भएको प्रसंग उठाएका थिए । तर उनले नेपाली नागरिक पनि त्यसबाट बर्बाद भइरहेको उल्लेख गरेनन् । उनीलगायत कुनै पनि सरकारी निकायले नेपालीको उठिबास भएको विषयमा बोलेका छैनन् ।

लेखा समितिमा आलेले भनेका छन्,– ‘भारतीयलाई सडकमा ल्याएका, उनीहरूको उठिबास लगाउने नेपाली क्यासिनोले राजस्व बुझाएका थिएनन् म पर्यटनमन्त्री हुँदा बुझाउन लगाएँ ।’ तर कानुनविपरीत नेपालीलाई समेत क्यासिनो खेल्न दिएर उनीहरूको उठिबास लगाएको विषय गोप्य रहन्छन् । नेपाली नागरिकलाई क्यासिनो जानबाट रोक्न कुनै पनि सरोकारवाला निकायले चासो दिने गरेका छैनन् ।
नेपालगञ्जका क्यासिनोमा प्रहरीले छड्के चेकजाँच गरेको हो । नेपालगञ्जका क्यासिनोमा नेपालीहरु प्रवेश गरि क्यासिनो खेल्ने गरेको सूचना पाएपछि प्रहरी टोलीले यहाँ सञ्चालित सातवटा क्यासिनोमा छड्के चेकजाँच गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा शीतलहरबाट जोगाउन आकस्मिक योजना तयार

२७ मंसिर २०८०, बुधबार १५:५२
नेपालगञ्ज : जिल्ला विपद व्यवस्थापन समिति बाँकेको वैठकले २१ बुँदे निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको अध्यक्षतामा आज बसेको वैठकले शीतलहरबाट नागरिकलाई जोगाउन परिमार्जित शीतलहर आकस्मिक योजना बाँके २०८० स्वीकृत गर्दै विभिन्न २१ बुँदे निर्णय गरेको हो । वैठकमा यस वर्षको चिसोयाम शुरु भइसकेकोले जिल्लामा चिसो तथा […]

सम्बन्धित