भेरी अस्पतालमा आइतबार बिदा नहुने

सदरलाइन संवाददाता ६ जेष्ठ २०७९, शुक्रबार १७:०७
 

नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा आइतबार बिदा नहुने भएको छ । अस्पतालमा बहिरंग (ओपिडी) लगायतका सेवा आइतबार पनि नियमित रुपमा चल्ने छ ।

अस्पतालका मेसु डा. वीरेन्द्रबहादुर चन्दका अनुसार आइतबार बिदा नहुने र पूर्ववत रुपमा ओपिडी लगायतका सेवा नियमित सञ्चालन हुनेछ ।


‘शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय कार्यान्वयन सम्बन्धमा छलफल हुँदा हाललाई अन्य सार्वजनिक बिदा परेको बाहेक आइतबारका दिन भेरी अस्पतालको बहिरंग सेवा लगायत सम्पूर्ण सेवाहरु दिउँसो दुई बजेसम्म पूर्ववत रुपमा नियमित सञ्चालन हुने निर्णय भएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शिक्षा क्षेत्रका बिकृति अन्त्यका लागि अदालतमा रिट दायर

६ जेष्ठ २०७९, शुक्रबार १७:०७
नेपालगञ्ज : शिक्षा क्षेत्रमा देखिएका बिकृतीको अन्त्यका लागि नेपालगञ्ज उच्च अदालतमा रिट दायर गरिएको छ । सार्वजनिक सरोकारका क्षेत्रका वकालत गर्दै आएका कानून ब्यवसायी र अधिकारकर्मीहरुको समुहले संबिधान र कानूनले ब्यवस्था गरेको शिक्षाको अधिकार सुनिश्चितको माग गरेका हुन् । सार्वजनिक सरोकारको बिषयमा वकालत गदै आएका अधिवक्ताहरु महिला कानून र बिकाश […]