सदरलाइनडटकम,
नेपालगञ्ज : रंगहरुको उत्सव होली अर्थात फागु पर्व आजदेखि औपचारिकरुपमा शुरु भएको छ । काठमाण्डौको बसन्तपुरमा बिहानको शुभसाइतमा होलीको लिंगो ठड्याएसँगै पर्व शुरु भएको हो ।
रंगिन ध्वजासहितको चीर ठड्याउने बेला नेपाली सेनाको गुर्जु पल्टनले हर्ष बढाइसमेत गरेको थियो । हरेक वर्ष फागुन शुक्ल अष्टमीका दिन चीर ठड्याउने चलन छ । यो वर्षको होली पहाडका जिल्लामा आगामी सोमवार र तराईका जिल्लामा मंगलवार मनाईँदै छ ।
