राप्तीसोनारीका निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र हस्तान्त्रण

सदरलाइन संवाददाता ५ जेष्ठ २०७९, बिहीबार १९:१३
 

राप्तीसोनारी (बाँके) :  बाँकेको राप्तीसोनारी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई राप्तीसोनारी गाउपालिका निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको प्रमाणपत्र हस्तान्त्रण गरेको छ ।

राप्तीसोनारी गाउपालिका निर्वाचन अधिकृतको कार्यालयले गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष तप्त पौडेल, उपाध्यक्ष मनिषासिंह थारुसहित ९ वटै वडाका वडा अध्यक्ष र सदस्यलाई एक कार्यक्रमका बीच प्रमाणपत्र हस्तान्त्रण गरिएको हो ।


प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै राप्तीसोनारीका मुख्य निर्वाचन अधिकृत टोपेन्द्र केसीले आइतबारसम्म अध्यक्ष पौडेललाई सपथ ग्रहण गराउने तयारी भइरहेको बताए । उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यलाई अध्यक्ष पौडेलको सपथ ग्रहण पश्चात गराइने केसीले बताए ।

राप्तीसोनारीको निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपले सम्पन्न गराउन सफल भएकोमा सबै मतदाता र राजनीतिक दल, निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी सबैलाई केसीले धन्यवाद व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुरमा रोकिएको मत गणना पुनः सुचारु

५ जेष्ठ २०७९, बिहीबार १९:१३
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर–४ स्थित जयरामपुर मतदान केन्द्रको मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको १ सय ४ मत फेला परेसंगै रोकिएको मत गणना पुनः सुचारु भएको छ । मतदान अधिकृतको हस्ताक्षर नभएको सो मत पत्रका विषयमा विहिबार विहान बसेको सर्वदलिय बैठकले सो वडा बाहेक अन्य वडाहरुको मतगणना गर्ने निर्णय भएसंगै […]

सम्बन्धित