बर्दियास्थित गणेश सामुदायिक वनमा बाघ मृत फेला

सदरलाइन संवाददाता २६ कार्तिक २०७९, शनिबार १४:०८
 

बर्दिया : बर्दियाको मधुवन नगरपालिका–८ स्थित गणेश सामुदायिक वनमा शनिबार मृत अवस्थामा पोथी पाटेबाघ फेला परेको छ । अन्दाजी ५–६ वर्ष उमेरको बाघको शरीरका विभिन्न भागमा चोट पटक लागेको छ ।

सहायक वन अधिकृत सन्तोष चौधरीले शुक्रबार राति बाघ आपसमा जुधेर मृत्यु भएको अनुमान गरिएको बताए । शुक्रवार दिउँसो बाघको गतिविधि स्थानीयले थाहा पाएको जानकारी वनका कर्मचारीलाई दिएका थिए ।


गत वर्ष चैत १२ गते मधुवन—८ स्थित ग्रामीण महिला र बासपानी सामुदायिक वनमा आपसमा जुधेर बाघको मृत्यु भएको थियो । बर्दिया निकुञ्जसँग जोडिएको यस क्षेत्रमा बाघको बासस्थान बन्दै गएको छ । पछिल्लो गणनाअनुसार बर्दियामा १ सय २५ बाघ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लघु औद्योगिक ग्राम सञ्चालनमा चुनौती

२६ कार्तिक २०७९, शनिबार १४:०८
सुर्खेत : कर्णाली प्रदेशमै पहिलो पटक स्थापना गरिएको लघु औद्योगिक ग्रामको सञ्चालन व्यवस्थापनमा चुनौती देखिएको छ । निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि यो औद्योगिक ग्राम सञ्चालन हुन सकेको छैन । २०७७ मा निर्माण सम्पन्न भएको यो औद्योगिक ग्रामको स्वामित्व २०७८ जेठमा उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले लिएको […]