नरैनापुरमा रोकिएको मत गणना पुनः सुचारु

सदरलाइन संवाददाता ५ जेष्ठ २०७९, बिहीबार १९:५४
 

नरैनापुर (बाँके) : बाँकेको नरैनापुर–४ स्थित जयरामपुर मतदान केन्द्रको मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको १ सय ४ मत फेला परेसंगै रोकिएको मत गणना पुनः सुचारु भएको छ ।


मतदान अधिकृतको हस्ताक्षर नभएको सो मत पत्रका विषयमा विहिबार विहान बसेको सर्वदलिय बैठकले सो वडा बाहेक अन्य वडाहरुको मतगणना गर्ने निर्णय भएसंगै पालिकाका अन्य वडाहरुको मतगणना सुरु भएको नरैनापुरका मुख्य निर्वाचन अधिकृत रेशम प्रसाद आचार्यले जानकारी दिए ।

सो वडाको सवालमा भने निर्णयको लागि निर्वाचन आयोगमा मुचुल्का गरि पठाईएको र आयोगको आधिकारिक निर्णय र निर्देशन अनुसार नै आफुहरु अघि बढ्ने मुख्य निर्वाचन अधिकृत आचार्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रहरी नियन्त्रणमा मृत्यु प्रकारण : मृतकका आफन्तले दिए किटानी जाहेरी

५ जेष्ठ २०७९, बिहीबार १९:५४
नरैनापुर (बाँके) :  बाँकेको नरैनापुरमा प्रहरी नियन्त्रणमा रहेका नरैनापुर–५ मटेहियाका ३५ वर्षिय रामपाल यादवको मृत्युको विषयमा विषेश अनुसन्धान गरी दोषिलाई कारवाही गर्ने सहमति भएको छ । प्रहरीले किटानी जाहेरी दर्ता गरी अनुसंन्धान सुरु गरेको जनाएको छ । मृतक यादवलाई बलात्कारको आरोपमा प्रहरीले ४ गते विहान १ बजे नियन्त्रणमा लिएको थियो […]