लकडाउन प्रभावितलाई सहयोग गर्न रकम हस्तान्त्रण

१९ चैत्र २०७६, बुधबार ०८:५४
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  विश्वव्यापी भयावहको रुपमा फैलिएको कोरोना भईरसको संक्रमणबाट जोगिनको लागि आव्हान गरिएको लकडाउनबाट प्रभावित दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने गरिव तथा बिपन्न वर्गको लागि सहयोग गर्ने उद्देश्यका साथ जम्मा भएको रकम बाँकेका विभिन्न गाउँपालिका मार्फत हस्तान्तरण गरिएको छ ।

लकडाउनको समयमा दैनिक ज्याला मजदुरी गरेर खाने वर्गलाइ सहयोग स्वरुप संकलन गरेर उठेको २ लाख रकम एकएक लाखका दरले बाँकेको नरैनापुर र खजुरा गाउपालिकालाई हस्तारण गरिएको हो ।

सहयोग रकम संकलन अभियानका अभियन्ता मिनबहादुर मल्लले बाँकेको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाह अहमद शाहालाई १ लाख र जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिलाई १ लाख रकम सहयोग हस्तान्तरण गरेका हुन ।

सहयोग हस्तान्तरण गर्दै जिसस बाँकेका संयोजक श्रीवास्तवले यो बिपदको घडीमा विपन्न नागकिरले स्थानीय सरकार मार्फत आफ्नो चुलोसम्म सहयोग प्राप्त गर्न लागेको भन्दै खुशी व्यक्त गरे । उनले आर्थिक सहयोग पनि पारदर्शिताका साथ संकलन र वितरण भएकोमा अभियानका अभियन्तालाई धन्यवाद दिए ।


सहयोग रकम ग्रहण गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले रकम सानो ठूलो भन्दा पनि सहयोग निश्वार्थ रुपमा गरिएकोले लक्षित वर्गकै लागि खर्च गरिने बताए ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले सहयोगको सबैलाई खाँचो पर्ने भन्दै नरैनापुरका गरिब तथा बिपन्नको हितमा सहयोग रकम खर्च हुने बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा सहयोगीहरु नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, सिद्धान्तजंग राणा लगाएतको उपस्थिति रहेको थियो ।

अभियन्ता मल्लले सुरु गरेको अभियानमा जम्मा ३ लाख १ हजार १ सय रकम संकलन भएको थियो । जस मध्येबाट दुई गाउँपालिकालाई १र१ लाख सहयोग गरिएको हो । बाँकी रकम जानकी गाउँपालिकालाई छिट्टै हस्तान्तरण गरिने मल्लल जानकारी दिए ।

Next Post

लकडाउनको बेलामा मेडिकल कलेजमा शल्यक्रियबाट जुम्ल्याहाको जन्म

१९ चैत्र २०७६, बुधबार ०८:५४
सदरलाइनडटकम, नेपालगञ्ज :  कारोना भाइरसको संक्रमणको त्रासले आव्हान गरिएको लकडाउनकै क्रमममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा शल्यक्रिय मार्फत जुम्ल्याएको जन्म भएको छ । जटिल प्रकारको प्रसव बेथाले च्यापेर दाङको लमहीमा उपचार हुन नसकेपछि मंगलबार नेपालगञ्ज ल्याएकी गर्भवती महिलाको शल्याक्रिया गरेर आमा र जुम्ल्याहा बच्चाको ज्यान जोगाइएको छ । नेपालगञ्ज […]