जीप दुर्घटना हुँदा मुगुका कांग्रेस सभापति घाइते

सदरलाइन संवाददाता ४ जेष्ठ २०७९, बुधबार १७:५८
 

मुगु : मुगु सदरमुकाम गमगढीबाट सोरु जाँदै गरेको जीप दुर्घटना हुँदा नेपाली कांग्रेस मुगुका सभापतिसहित तीन जना गम्भीर घाइते भएका छन्। गमगढीबाट सोरु गाउँपालिकाको विजयी र्‍यालीमा जाँदै गरेको लु१ज १७७२ नम्वरको जीप बुधबार विहान साढे ११ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ।


दुर्घटननामा कांग्रेस मुगुका सभापति ऐनबहादुर शाहीसहित कुवेरजंग शाही र नरवीर शाही घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइतेको हेलिकोप्टरमार्फत थप उपचारका लागि नेपालगञ्ज ल्याउने तयारी भइरहेको छ।

जीप सोरुकोट गाउँपालिका–६ को बगनाहा नजिकै सडकबाट २० मिटर तल खसेको थियो। जीपको ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

30 वर्षदेखि जेलमा रहेका राजीव गान्धीको हत्यारा रिहा

४ जेष्ठ २०७९, बुधबार १७:५८
एजेन्सी : भारतको सर्वोच्च अदालतले सन् १९९१ मा पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्यामा दोषी पाइएका एक जनालाई जेलबाट रिहा गर्न आदेश दिएको छ। एजी पेरारीभलन ३० वर्षभन्दा लामो समयदेखि जेलमा थिए। उनलाई सन् १९९८ मा मृत्युदण्ड सुनाइएको थियो जुन पछि जेल सजायमा परिणत गरियो। १९ वर्षको हुँदा पक्राउ परेका पेरारीभलनलाई गान्धीको […]