सदरलाइनडटकम,
सुर्खेत : सुर्खेतको सिम्ता गाउँपालिका ४ सुकेतालमा जिपको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ भने एक जना घाइते गएका छन् ।
सुर्खेतको जामुनेदेखि जाजरकोट जाँदै गरेको भे १ ज ८४० न टाटासुमोले ठम्कर दिँदा सुकेतालका २१ वर्षीय वकिल खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय वादेपीपल राकमले जनाएको छ । ठाटीको मेला हेर्न हिँडेका खड्काको घटनास्थलमै मृत्यु भएको वादेपीपल प्रहरी प्रमुख श्याम शाहले बताए ।
सोही ठाउँ निवासी घाइते लालबहादुर नेपालीलाई उपचारका लागि नेपालगञ्ज पठाइको छ । ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
