रेशम चौधरीको पार्टीबाट प्रथम महिला वडाध्यक्ष बनिन् रेणुकुमारी

सदरलाइन संवाददाता ३ जेष्ठ २०७९, मंगलवार १५:३५
 

नेपालगञ्ज : स्थानीय तहको निर्वाचनमा कैलालीमा पहिलो महिला वडाध्यक्ष निर्वाचित भएकी छन् । नागरिक उन्मुक्ति पार्टीबाट जोशीपुर गाउँपालिका–३ को वडाध्यक्षमा रेणुकुमारी चौधरी आफ्नो प्यानलसहित निर्वाचित भएकी हुन् ।

उनी कैलालीमा वडाध्यक्षमा निर्वाचित हुने प्रथम महिला बनेकी छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार किशोरकुमार कठरियालाई २२ मतले पराजित गर्दै ६१५ मत पाएर विजयी भएकी छन् । पराजित कठरियाले ५९३ मत पाएका छन् ।


यस्तै खुला सदस्यमा फूलमती डङ्गौरा, दलित महिला सदस्यमा शीतल श्रेष्ठ विक, खुल्ला सदस्यमा राजेश चौधरी र ज्ञानुप्रसाद चौधरी विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज ६ को वडाध्यक्षमा एमाले विजयी

३ जेष्ठ २०७९, मंगलवार १५:३५
नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ६ मा नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार समीरप्रताप सिंह विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार सिंह ४ सय ५१ मत ल्याई बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी राप्रपाका रबिन्द्र थापा ४ सय २ मत प्राप्त गरेका छन् । सदस्यीयहरुको थप मत […]