सदरलाइनडटकम,
डोल्पा : डोल्पामा फैलिएको अज्ञात रोग कोराना नभई मौसमी रुघाखोकी भएको पुष्टि भएको छ । त्रिपुरासुन्दरी नगरपालिका वडा नं. १ करेलीकाँडाका तीन जना बिरामीको नमुना काठमाण्डौ पठाएर टेकु अस्पतालमा परीक्षण गराउँदा रोगको पुष्टि भएको हो ।
गाउँनै थला पार्ने गरि दुई सातादेखि फैलिएको उक्त रोग कोरोना नभई मौसमी रुघाखोकी भएको जिल्ला अस्पतालकी डा.मेलिना हमालले जानकारी दिइन् ।
सरसफाइमा ध्यान नदिँदा गाउँभरीनै रोग फैलिएको भन्दै डा. हमालले सामान्य रुघाखोकी र झाडापखाला लाग्दा बच्ने उपायको बारेमा स्थानीयलाई जानकारी दिइएको बताइन् ।
