वाम गठबन्धनको घरदैलोलाई व्यापार संघका अध्यक्षको स्वागत

४ मंसिर २०७४, सोमबार २१:२०
 

सदरलाइनडटकम 
४ मंसिर, नेपालगन्ज : वामगठबन्धनका बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार पशुपतिदयाल मिश्रले हिमाल, पहाड र तराईका शोषण उत्पीडन अन्त्य गरेर समुचित विकास गर्ने प्रतिबद्धता गरेका छन् । उनले सोमबार आफ्नो निर्वाचन प्रचारको क्रममा घर दैलोमा मतमाग्ने क्रममा नेपालगन्जको विकास र समृद्धिका लागि आफूहरु अग्रसर हुने बताए ।
वामगठबन्धन निर्वाचन परिचालन कमिटी, क्षेत्र नं. २ ले सोमबार नेपालगन्ज–८ मा गरेको घरदैलो तथा नगरका चोकचोकमा आयोजित चुनावी कोण सभालाई सम्बोधन गर्दै उम्मेदवार मिश्रले नेपालगन्जको विकासलाई गति दिने प्रतिवद्धता गरे ।
उनले नेपालगन्ज विश्वविद्यालय, पर्यटन हव, भेरी अञ्चल अस्पताललाई सरकारी मेडिकल कलेज रुपमा बिस्तार गर्ने, विशेष आर्थिक क्षेत्र, राप्ती नदीको कटान रोक्ने र तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित बसोबास गराउने, क्षेत्रमा पर्ने हरेक बाटोहरु पीच गर्ने प्रतिबद्धता गरे ।


क्षेत्र नं. २ प्रदेश सभा ‘ख’ का उम्मेदवार विजयकुमार गुप्ताले रोजगारी सिर्जना, उद्योगी व्यापारीको उचित सम्मान र नेपालगन्जको समुचित विकासमा आफू अहोरात्र खटिने बताए । विधायकको पारिश्रमिक नलिने घोषणा गरेका गुप्ताले भ्रष्टाचार आफ्नो प्रमुख सत्रु हुने बताए ।
वामगठबन्धन निर्वाचन परिचालन कमिटी, क्षेत्र नं. २ का संयोजक दामोदर आचार्यले गठबन्धनबाट आत्तिएर अरुले अधिनायकवाद आउनेलगायतका भ्रमहरु फैलाएको बताए । उनले विरोधीले फैलाएको अफवाहमा नपरी मुलुक र नेपालगन्जको विकासका लागि गठबन्धनलाई जिताउनुको विकल्प नभएको बताए ।
समानुपातिक उम्मेदवार पार्वती पुनले हरेक नेता तथा कार्यकर्ताले जीतको सपना देखेर अगाडि बढ्नु पर्ने बताईन । गठबन्धनको घरदैलो अभियान त्रिभुवनचोकमा पुग्दा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य र अत्तहर हुसैन फारुकीले सम्बोधन गरेका थिए । घरदैलो टोलीलाई सम्बोधन गर्दै संघका अध्यक्ष बैश्यले वामगठबन्धनले देशको विकासलाई गति दिने बताए ।
नेपालगन्जको घरदैलोमा उम्मेदवार तथा नेताहरुले घर पसलमा पुगेर मतदातासँग मत माग्नुका साथै त्रिभुवनचोक, त्रिवेणीमोड, सेतुविकचोकमा कोण सभा गरेका थिए ।
घरदैलोमा समानुपातिक उम्मेदवारहरु रुबी खान पठान, तलत प्रविण अन्सारी, कलामून अन्सारी, निर्वाचन परिचालन क्षेत्र नं. २ का सहसंयोजक निरक गुरुङ, क्षेत्र नं. २ ख का संयोजक रविन्द्र लम्साल, भाष्कर काफ्ले, दत्तप्रसाद आचार्य, गोपाल पुन, रचना श्रेष्ठलगायतको उपस्थिति थियो । घरदैलो टोलीलाई नेपालगन्जका प्रबुद्ध व्यापारीहरुले स्वागत गरेका थिए ।  

Next Post

बाम गठबन्धनको प्राथामिकता आफ्नो क्षेत्रमा सडक सञ्जालको विस्तार गरिने

४ मंसिर २०७४, सोमबार २१:२०
सदरलाइनडटकम  ४ मंसिर, नेपालगन्ज : बाँकेको क्षेत्र नम्बर ३ बाट बामगठबन्धनका उम्मेदवारहरुले आफ्नो क्षेत्रमा हरेक क्षेत्रबाट सडक सडक सञ्जालले जोड्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले सोमबार आफ्नो निर्वाचन क्षेत्रमा आयोजित विभिन्न चुनावी सभा तथा घरदैलोमा पुगेका बेला यहाँका सबै सडकको स्तरोन्नती गरी कालोपत्रे गर्ने कार्यलाई निर्वाचित भए लगत्तै काम सुरु […]