बझाङमा १४ वर्षीया किशोरी बलात्कृत

सदरलाइन संवाददाता २९ बैशाख २०७९, बिहीबार १६:०६
 

नेपालगञ्ज : बझाङमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा छबिसपाथिभेरा गाउँपालिका–५ बस्ने २६ वर्षीय कृष्ण धामीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँस्थित मौरी खोला जलबिद्युत आयोजना पावर हाउसको भवनमा ती किशोरीलाई धामीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी छबिसपाथिभेराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मतदान अधिकृतलाई कुटपिट गर्ने सई नियन्त्रणमा

२९ बैशाख २०७९, बिहीबार १६:०६
नेपालगञ्ज : मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेको आरोपमा प्रहरी नायव निरीक्षक (सई) नरेन्द्रप्रसाद भट्टलाई नियन्त्रणमा लगिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अुसार पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–७ धनबोटस्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेको आरोपमा नियन्त्रण लगिएको हो […]

सम्बन्धित