राप्तीसोनारीमा एमाले भन्दा २२ मतले कांग्रेस अगाडि

सदरलाइन संवाददाता २ जेष्ठ २०७९, सोमबार १४:४६
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसका तप्त पौडेलले २२ मतले  अग्रता लिएका छन्  ।  नेकपा एमालेका रामदास थारु दोस्रो स्थानमा रहँदै पौडेललाई पछ्याइरहेका छन् ।


अहिलेसम्मको  मतगणना अनुसार कांग्रेसका पौडेलले ७४७० मत ल्याउँदै पहिलो स्थानमा छन् भने एमालेका थारु ७४४८ मतका साथ दोस्रो स्थानमा छन् । थारु पौडेल भन्दा २२ मतले पछि छन् ।

त्यस्तै माओवादीका अध्यक्षका उम्मेदवार पट्टु थारुले ६६०२ मत ल्याएका छन् । उपाध्यक्षमा भने एमालेकै अग्रता छ । एमालेकी चमेली बागवलको ७५५५, कांग्रेसकी मनिषासिंह थारुको ७३८५  र माओवादीकी मन्जु रोकायले ६०२९ मत पाएका छन् । अहिले वडा नं. ५, ६ र ७ को मतगणना जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सल्यानमा विजय उत्सवको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

२ जेष्ठ २०७९, सोमबार १४:४६
सल्यान  :  सल्यानमा विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु भकएको छ । १० जना बढी घाइते भएका छन् । जिल्लाको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव मनाउन गाडीमा आउँदै गरेकालाई करेन्ट लागेको हो । गाडीको छतमा झण्डा समाएर बस्नेतज्युलाबाट शान्तिबजार आउँदै गरेकाहरू विजुलीको तारमा […]

सम्बन्धित

ताजा अपडेट