मतदान अधिकृतलाई कुटपिट गर्ने सई नियन्त्रणमा

सदरलाइन संवाददाता २९ बैशाख २०७९, बिहीबार १६:२६
 

नेपालगञ्ज : मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेको आरोपमा प्रहरी नायव निरीक्षक (सई) नरेन्द्रप्रसाद भट्टलाई नियन्त्रणमा लगिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अुसार पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–७ धनबोटस्थित नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेको आरोपमा नियन्त्रण लगिएको हो ।

सई भट्टले मतदान अधिकृत निरज झा, सहायक मतदान अधिकृत राजेन्द्र धमालासहित म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेको आरोप लागेको छ । बुधबार राति ११ बजेतिर धनबोट गाउँमा हतियार देखाउँदै उनले स्थानीयवासीलाई कुटपिट गरेको स्थानीयको भनाई रहेको छ ।


यस्तै, मतदान अधिकृत झाले आफूहरुमाथि भट्टले हातपात गरेको कुरा सत्य परेको स्पष्ट पारे । यस्तै, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्ष तथा प्रवक्ता (डिएसपी) रामप्रसाद घर्तीमगरले कुटपिट गर्ने सई भट्टलाई बिहीबार दिउँसो मात्रै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुर्खेत लगिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बझाङको सेती नदीमा हाम फालेर एक जना बेपत्ता

२९ बैशाख २०७९, बिहीबार १६:२६
नेपालगञ्ज : बझाङको सेती नदीमा हाम फालेर एक जना बेपत्ता भएका छन् । मष्टा गाउँपालिका–१ रनाडा घर भएका करिब ४५ वर्षीय केशवबहादुर सिंह नदीमा हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ । उनले बिहीबार बिहान जयपृथ्वी नगरपालिका–१० चैनपुर बजार नजिकै सिमभाडी भन्ने ठाउँबाट हामफालेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ […]