जडिबुटी व्यवसायी संघमा शर्मा

सदरलाइन संवाददाता २२ फाल्गुन २०७८, आईतवार २०:०७
 


नेपालगञ्ज :  नेपाल जडिबुटी व्यवसायी संघको केन्द्रीय अध्यक्षमा नेपालगञ्जका टंकप्रसाद शर्मा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । नेपाल जडिबुटी व्यवसायी संघ (जवान)को आज सम्पन्न २३ औं अधिवेशनबाट शर्मा निर्वाचित भएका हुन ।

जडिबुटी व्यवसायीको मुख्य व्यापारिक केन्द्रको रुपमा रहेको नेपालगञ्जमा संघको २३औं अधिवेशन २१ र २२ गते भएको थियो । अध्यक्ष शर्माको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएकोे निर्वाचन आयुक्त भागवन्तप्रसाद गुप्ताले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

बाँकेमा रहेर लामो समयदेखि जडिबुटी व्यवसाय गर्दै आएका शर्मा संघको विभिन्न पदमा निर्वाचित भएर काम गरेको अनुभव छ । यस भन्दा पहिले संघको महासचिव समेत रहेर काम गरेका शर्मा नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचनमा सर्वाधिक मत प्राप्त गरी निर्वाचित हुने सदस्य पनि हो । उनी नेपालगन्ज उद्योग बाणिज्य संघको हालको कार्य समितिको सदस्य समेत हुन ।


२३ औ अधिवेशनबाट उपाध्यक्षमो मेराज अन्सारी, सचिवमा भानुभक्त रिजाल, कोषाध्यक्षमा रसिद अहमद अन्सारी निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा मो. आजम हलुवाई, मो.सादाब हलुवाई, श्रीमती शान्ता ज्ञवाली, हफिजुर रहमान अन्सारी, अफजाल अहमद अन्सारी, रेशमबहादुर खड्का र श्रीमती जमुना गिरी निर्वाचित भएका छन् ।

नेपाल जडिबुटी व्यवसायी संघको विधान अनुसार महासचिब सदस्यबाट मनोनय गर्ने व्यवस्था रहेको छ भने ३ जना सदस्य पनि कार्यसमितिले मनोनय गर्ने छ । हिमाली र पहाडी भेगमा उत्पादित जडिबुटीको व्यापार प्रर्वद्धन तथा जडिबुटी व्यवसायीका व्यवसायीक हक हितका लागि संघ काम गर्दै आएको छ ।

नेपालबाट निर्यात गरी आर्थिक सवलीकरणमा यो व्यवसायको राम्रो योगदान रहेको छ । यसका साथै व्यापारका लागि प्रसोधन केन्द्र, भण्डारण व्यवस्थापन र यस व्यवसायको दिगोपनका लागि अझैपनि विभन्न प्रकारका चुनौती पनि रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा सोमवार ३ संक्रमित थपिए

२२ फाल्गुन २०७८, आईतवार २०:०७
नेपालगञ्ज : बाँकेमा सोमवार थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४९ जनाको पीसीआर परीक्षणमा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालको पीसीआर प्रयोगशालामा १५ जनाको परीक्षण गर्दा १ जना र मेडिकल कलेज कोहलपुरमा २७ जनाको परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको छ […]