फ्रान्समा राष्ट्रव्यापी लकडाउनको घोषणा

सदरलाइन संवाददाता १३ कार्तिक २०७७, बिहीबार ०८:३४
 

काठमाण्डौ : फ्रान्समा दोस्रो चरणको राष्ट्रव्यापी लकडाउनको घोषणा गरिएको छ । राष्ट्रपति इमानुएल म्याक्रोले कम्तीमा नोभेम्बर महिनाभरि राष्ट्रव्यापी लकडाउन गर्ने घोषणा गरेका हुन् ।

उनले राष्ट्रको नाममा सम्बोधन गर्दै शुक्रवारदेखि शुरु हुने लकडाउनको नयाँ प्रतिबन्धको बारेमा जानकारी दिए । नयाँ प्रतिबन्धअनुसार अब अतिआवश्यक कामका लागि वा स्वास्थ्यमा समस्या आए मात्रै घरबाट निस्कन पाउने अनुमति छ ।


रेष्टुरेन्ट र बारलगायत अतिआवश्यक नभएका व्यवसाय बन्द हुने तर विद्यालय र कलकारखाना भने खुला रहने छन् । आगामी डिसेम्बर १ तारिखसम्म प्रतिबन्ध लागू हुने र दुई हप्तापछि यसको मुल्याङ्कन गरिने राष्ट्रपति म्याक्रोले बताए ।

फ्रान्समा गत २४ घण्टामा ३६ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै फ्रान्समा संक्रमितको संख्या १२ लाख ३५ हजार नाघेको छ । यस्तै ३५ हजार ७ सय ८५ जनाको मृत्यु भएको छ ।

Next Post

आईपीएल : बेङ्ग्लोर ५ विकेटले पराजित

१३ कार्तिक २०७७, बिहीबार ०८:३४
काठमाण्डौ : इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा मुम्बई इण्डियन्स विजयी भएको छ । बुधवार राति भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ५ विकेटले पराजित गरेको मुम्बई प्ले अफ नजिक पुगेको छ । मुम्बईको १६ अंक भएको छ । १६५ रनको लक्ष्य मुम्बईले ५ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा गरेको […]