राष्ट्रियता खतरामै छ :  झलनाथ खनाल

२२ असार २०७५, शुक्रबार १७:२४
 


सदरलाइनडटकम
नेपालगन्ज :  एकिकरण प्रक्रियामा नआएका बामपन्थी शक्तिलाई एक हुन आउन नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आग्रह गरेका छन् । सबै शक्ति एक भए मात्र राष्ट्रिय चुनौतीको सामाना गर्न सकिने उनले बताएका छन् ।
कार्ल माक्र्स द्विशतवार्षिकी समारोहको प्रादेशीक गोष्ठिको नेपालगन्जमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री झलनाथ खनालले अझै पनि नेपालका सिमाना स्पष्ट नभएको, कालपानी जस्तो नेपालको भुगोललाई ठोकुवाका साथ नेपालको हो भन्न नसकिरहेको अबस्था रहेको बताए । देशको राष्ट्रियता बचाउनका लागी अहिलेको सरकारको काधमा ठुलो जिम्मेवारी आईरहेको बताउँदै खनालले राष्ट्रियता बचाउने सवालमा सम्पुर्ण कम्युनिष्टहरु एक हुन जरुरी रहेको बताए ।
अहिलेको संबिधान अझै पनि अन्तिम नभएको बताउँदै नेता खनालले शमय र माग अनुसार संबिधानलाई परिमार्जित गर्दै लैजान सकिने बताए । संबिधानलाई अझै बिकसित गर्दै लैजानुपर्ने बताउँदै खनालले संबिधान निर्माणकै कामले दुई पार्टि एक भएको उल्लेख गरे । नेता खनालले पुजीबाद सवैलाई पढ्न आग्रह गरे । पुजीवादको अन्त्य गरेमात्र देशको समृद्धी कायम हुने उनले बताए ।

Next Post

सर्पदंशलाई जनस्वास्थ्य समस्याका रुपमा लिन अत्यावश्यक

२२ असार २०७५, शुक्रबार १७:२४
सदरलाइनडटकम   नेपालगन्ज : सर्पदंशलाई राज्यले जनस्वास्थ्य समस्याको रुपमा लिन अत्यावश्यक देखिएको छ । हरेक वर्ष दश हजार बढी सर्पदंशको शिकार हुँने र एक हजारले ज्यान गुमाउदा पनि राज्यले यसलाई जनस्वास्थ्य सम्स्याको रुपमा लिन नसक्नु दुर्भग्य भएको सम्बन्धित क्षेत्रमा लागेका विज्ञको भनाई छ । नेपालगन्जको भेरी अंचल अस्पतालमा दर्पदंशका विरामीको उपचारमा […]