खजुरा गाउँपालिका साक्षरोन्मुख

८ असार २०७६, आईतवार १७:३९
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिका साक्षरोन्मुख भएको छ । हालसम्म वडा नं. १ देखि वडा नम्बर ६ सम्म साक्षर वडा घोषणा गरिएको छ । अब २ वडा घोषणासंगै खजुरा गाउँपालिका साक्षर गाउँपालिका हुनेछ । खजुरा वडा नं. ५ र ६ लाई आईतवार साक्षर वडा घोषणा गरिएको छ ।
वडा नं. ५ का अध्यक्ष देवेन्द्रमान श्रेष्ठ र वडा नं. ६ का अध्यक्ष साविर अलिको अध्यक्षतामा भएको कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले ती वडा साक्षर घोषणा गरेका हुन् । सो अवसरमा बोल्दै अध्यक्ष कक्षपतिले खजुरालाई शिक्षाको क्षेत्रमा नमूना बनाउन सबै वडा साक्षर गराउने तयारीमा रहेको बताए । वडा नं. ५ मा १५ वर्षदेखि ५९ वर्ष सम्मका ४ हजार ५७७ जनामध्ये ४ हजार ३९३ जना साक्षर रहेकोमा ९५ दशमलव ९८ प्रतिशत साक्षर भएकाले उक्त वडालाई साक्षर घोषणा गरिएको हो ।
त्यस्तै वडा नं. ६ मा पनि १५ वर्षदेखि ५९ वर्ष उमेर समूहको जनसंख्या ७ हजार ३५ जना रहेकोमा ६ हजार ८०९ जना साक्षर भई ९६ दशमलव ७८ प्रतिशत साक्षर भएको हुँदा सो वडालाई साक्षर घोषणा गरिएको हो ।
साक्षर वडा घोषणा कार्यक्रममा खजुरा गाउँपालिका उपप्रमुख एकमाया विक, खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, कार्यपालिका सदस्य निसार अलि, भागीरथ सुनार, शिक्षा प्रमुख टिकानाथ गोसाई, शिक्षा समिति सदस्य ऋषिराम सापकोटा, भक्तबहादुर केसी, प्याब्सन खजुराका अध्यक्ष मित्रलाल सापकोटा, शिक्षक महासंघ खजुरा अध्यक्ष केशवराज लामिछानेलगायतको सहभागिता रहेको थियो ।

Next Post

इथियोपियामा सेना प्रमुखको गोली हानी हत्या

८ असार २०७६, आईतवार १७:३९
सदरलाइनडटकम, काठमाण्डौ : इथियोपियाको राजधानी अदिस अबाबामा सेना प्रमुख सियर मेकोनेनको गोली हानेर हत्या गरिएको छ । इथियोपियाका प्रधानमन्त्री अबे अहमदले टेलिभिजनबाट राष्ट्रको नाममा सम्बोधन गर्दै अंगरक्षकलेनै प्रधान सेनापतिको हत्या गरेको बताएका छन् । यद्दपि अम्हारा राज्यमा भएको असफल सैनिक सत्ता विद्रोहलाई भने सरकारले विफल बनाएको प्रधानमन्त्रीले जनाएका छन् । […]