चिसो बढेपछि बाँकेको जनजीवन प्रभावित

सदरलाइन संवाददाता २३ पुष २०८०, सोमबार १८:१७
 

नेपालगञ्ज : एक सातादेखि शीतलहरसंगै चिसो अत्याधिक बढेपछि बाँकेको जनजीवन प्रभावित भएको छ । तापक्रम निरन्तर घट्दै जाँदा चिसो बढेर जनजीवन कष्टकर बनेको छ ।

बिहान अबेरसम्म बाक्लो हुस्सु लाग्ने गरेको छ । चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छ भने सडकमा सवारीसाधन कम चलेका छन् । अत्यधिक चिसोले गर्दा दैनिक ज्यालादारीमा काम गर्नेहरू बढी मारमा परेका छन् ।

चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब, असहाय, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । चिसोकै कारण बिरामी बढेका छन् । चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरो लगायत रोगका बिरामी बढेका हुन् ।


चिसोले भेरी अस्पतालमा बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, फोक्सो, मधुमेह तथा अन्य दीर्घरोगी बढेको भेरी अस्पतालका सूचना अधिकारी एवम् फिजिसियन डा. संकेत रिसालले बताए ।

भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज लगायतका अस्पतालमा बिरामी भरिभराउ छन् । आवश्यक काम बाहेक बाहिर हिँड्डुल नगर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आठौं लुम्बिनी प्रदेशस्तरीय प्रदर्शीनको तयारी पुरा

२३ पुष २०८०, सोमबार १८:१७
नेपालगञ्ज : पश्चिम नेपालका आम महिला उद्यमीहरुले प्रतिक्षा गरिरहेको लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनीको आठौं संस्करणको तयारी पुरा भएको छ । आयोजक महिला उद्यमी संघ नेपाल बाँकेले प्रदर्शनीको तयारी पुरा भएको जनाएको छ । आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी संयोजक एवम् महिला उद्यमी संघ नेपाल बाँकेको प्रथम उपाध्यक्ष रेवती सिंहले सम्पुर्ण तयारी […]

सम्बन्धित