दाङमा बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु

सदरलाइन संवाददाता २९ बैशाख २०८०, शुक्रबार १२:५५
 

नेपालगञ्ज : दाङको घोराहीमा बसले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

घोराहीको आर्मी ब्यारेक नजिकै रा १ ख १२०१ नम्बरको बसले रा ३ प ४२ नम्बरको मोटरसाइकललाई ठक्कर रोल्पाको रुन्टीगढी गाउँपालिका–३ का २१ वर्षीय चन्द्रबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


दुर्घटनामा परि गम्भीर घाइते भएका नेपालीलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ठक्कर दिने बस र बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको दाङ प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा एक युवती मृत फेला

२९ बैशाख २०८०, शुक्रबार १२:५५
नेपालगञ्ज : कोहलपुर नगरपालिका–६ रझेनाकी २२ वर्षीया सुमित्रारानी थारु मृत अवस्थामा फेला परेकी छिन् । नेपालगञ्ज उपमहानगरपालिका–९ श्रद्धानगरमा कोठा भाडामा लिएर बस्दै आएकी थारु शुक्रवार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी रामबहादुर घर्तीले जानकारी दिए । थारुको हत्या गरिएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । […]