बांँकेमा उम्मेदवारी दर्ता‘शान्तपूर्ण

१६ कार्तिक २०७४, बिहीबार १९:००
 

सदरलाइनडटकम 
१६ कात्तिक नेपालगन्ज : आगामी मंसिर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्यको लागि हुने निर्वाचनमा सबै दल तथा स्वतन्त्र उम्मेदवारहरुले जिल्लाका ३ वटा निर्वाचन क्षेत्रमा शान्ति पूर्वक उम्मेदवारी दर्ता गराएका छन् ।
बाम गठवन्धनबाट क्षेत्र नम्वर १ प्रतिनिधी सभा सदस्यको लागि अथक उपनामका महेश्वर गहतराज, निर्वाचन क्षेत्र नम्वर २ मा पशुपति दयाल मिश्रा, निर्वाचन क्षेत्र नम्वर ३ मा नन्दलाल रोकाय रहनु भएको छ । गहतराज माओवादी केन्द्र, मिश्र स्वतन्त्र राजनीतिक समूह र रोकाय एमालेबाट उम्मेदवारी दिएका हुन ।
त्यसैगरी बाम गठवन्धनबाट प्रदेश सभा सदस्यमा निर्वाचन क्षेत्र नम्वर १क मा माओबादी केन्द्रले कृष्णा केसी नमुना १ (ख) मा एमालेकी आरती पौडेल, निर्वाचन क्षेत्र नम्वर २ (क) मा माओवादी केन्द्रका कामता खटिक २(ख) मा एमालेका बिजय गुप्ता, निर्वाचन क्षेत्र नम्वर ३(क) माओवादी केन्द्रका इन्द्रप्रसाद खरेल (आई.पी)., ३ (ख) मा एमालेका बाबुराम गौतमले मनोनयन दर्ता गरेका छन् ।
त्यसैगरी लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नम्वर १ प्रतिनिधी सभा सदस्यको लागि नेपाली काँग्रेसका माधव राम के.सी, क्षेत्र नम्वर २ मा राप्रपाका ओमप्रकाश आजाद र क्षेत्र नम्वर ३ मा नेपाली काँग्रेसका बादशाह कुर्मीले मनोनयन दर्ता गराएका छन् ।
त्यसैगरी प्रदेश सभाका लागि बांके क्षेत्र नम्वर १क बाट शरद बर्मा, १ख बाट नारायण प्रसाद गौडेल, क्षेत्र नम्वर २क बाट निरञ्जन सिह सिजापती २ख बाट सुरेन्द्र हमाल, क्षेत्र नम्वर ३क बाट चन्तराम थारु, ३ ख बाट लक्ष्मीनारायण शाहले गठवन्धनका तर्फबाट उम्मेदवारी दर्ता गराए ।
राष्ट्रिय जनता पार्टी र संघिय समाजबादी फोरम नेपाल केन्द्रमा गठबन्धन निर्माण गरी निर्वाचनमा खडा भएको भएपनि बाँकेमा भने पार्टी एक्ला एक्लै भिडद छन् । संघिय समाजबादी फोरम नेपालको क्षेत्र नम्वर १ बाट प्रतिनिधी सभा सदस्यको लागि लालबहादुर शाह, क्षेत्र नम्वर २ बाट मो. इस्तियाक राईन र क्षेत्र नम्वर ३ मनोजकुमार दिक्षीत रहेका छन ।
त्यसैगरी प्रदेश सभाका लागि बांके क्षेत्र नम्वर १क बाट कमसर खाँ १ख बाट रमेश यादव, क्षेत्र नम्वर २क बाट बिजयबहादुर यादव, २ख बाट दुर्गेश बैश्य गुप्ता, क्षेत्र नम्वर ३क बाट बलराम यादव,३ख बाट राम सोहन कुर्मि रहेका छन ।
त्यसैगरी राष्ट्रिय जनता पार्टीबाट निर्बाचन क्षेत्र १ ख बाट राम कुमार दिक्षित, निर्वाचन क्षेत्र नं. २ बाट विजयकुमार गुप्ता, प्रदेस सभा २ क आषिश कुमार गुप्ता, २ ख बाट कौशल कुमार मिश्र, क्षेत्र नं. ३ बाट फैसल अन्सारी, ३ क बाट देवेन्द्र नाथ शुक्ल, ३ ख राजेश बर्माले मनोनयन दर्ता गराएका छन् ।
यसैगरी विवेकशिल साझ पार्टीबाट बाँंकेको क्षेत्र नम्वर २ बाटै नगेन्द्र कुवरले प्रतिनिधी सभा सदस्य र डा.बिनोद कर्ण २ ख को प्रदेश सभासदस्य पलको लागि मनोनयन दर्ता गरेका छन् ।
नयाँ शक्ति पार्टी नेपालबाट प्रतिनिधि सभा क्षेत्र नम्वर १ बाट बुधबहादुर सुनार, २ बाट बेदप्रसाद आचार्य र ३ बाट बिरेन्द्र पुन रहेका छन् ।प्रदेस सभा तर्फ १क निसिम खां, २क फकरुल्ला पठान २ ख बाट सुनिल कुमार सिघंल अग्रवाल, ३क बाट मोहन चन्द ३ख बाट मोहम्मद अख्तर खां रहेका छन् ।
   

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सौन्दर्य कला व्यावसायी संघ बाँकेमा पुनः अधिकारी

१६ कार्तिक २०७४, बिहीबार १९:००
सदरलाइनडटकम   १६ कात्तिक, नेपालगन्ज : सौन्दर्य कला व्यावसायी संघ बाँकेको चौथो जिल्ला अधिवेशन नेपालगन्जमा सम्पन्न भएको छ । संघका केन्द्र उपाध्यक्ष सोनिया श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सो अधिवेशनले पुनः दुर्गा अधिकारीको अध्यक्षमा नयाँ कार्य समिति चयन गरेको छ । सो संघको नया कार्यसमितिको उपाध्यक्षमा शर्मिला भण्डारी, सचिवमा राधा शाही, कोषध्यक्षमा […]