एमाले उम्मेदवार पशुपतिले दिए इदको शुभकामना

सदरलाइन संवाददाता २० बैशाख २०७९, मंगलवार १५:०२
 

नेपालगञ्ज : मुस्लिम समुदायहरुको महान पर्व इदमा एमालेबाट नेपालगञ्ज उपमहानगरपालिकामा मेयर पदका उम्मेदवार पशुपति दयाल मिश्रले शुभकामना प्रदान गरेका छन् ।

वीपीचौक स्थित इदगाहमा पुगेर समुस्लिम समुदायको महान पर्व इद आपसी भाइचारा र सदभावका साथ मनाउन बाँकेका सम्पूर्ण मुस्लिम समुदायमा शुभकाना प्रदान गरेका हुन् ।

सो अवसरमा मिश्रले सामाजिक सदभावको शहर नेपालगन्जमा सबै जातजाति भाषा धर्मका समुदायलाई एकआपसमा सदभावका साथ रहँदै आएको बताए । उनले सबै नेपालगन्जबासीको आपसी सदभाव, एकता र भाइचाराको सम्बन्धले नै नमूना शहरका रुपमा रहेको औल्याए ।


मिश्रले नेपालगञ्जको बिकासको यात्रामा नेपालगञ्जका सबै समुदाय लाग्नु पर्ने भन्दै शिक्षा, स्वास्थ्यका साथै पछाडि परेका समुदायको विकासबाट मात्र समग्र विकासको चाहना पूरा हुने उल्लेख गरे ।

उनले पछाडि परेका समुदायका महिला, युवा सबैलाई शिक्षित, स्वस्थ बनाएर अगाडि बढ्ने प्रतिबद्धता जनाउदै इदुल फित्र (ईद) ले अझै बलियो र मजबुद सदभाव र भाइचाराको समबन्ध कायम होस् भन्ने शुभकामना दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ६२ लाखको सुनको गर गहनासहित एक पक्राउ

२० बैशाख २०७९, मंगलवार १५:०२
नेपालगञ्ज : बाँँकेमा ठुलो परिणाममा सुनको गर गहनासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा, जिल्ला बझाङ जय पृथ्वी नगरपालिका वडा न.१ पिमी कैलाश बस्ने बर्ष २८ को अशोक बहादुर सिंह रहेका छन् । खजुरा गाउँपालिका वडा नं.२ एल गाउँ सुबेदी चोक स्थित इलाका प्रहरी कार्यालय धनौली र प्रहरी […]