नेपालगञ्जमा विरासत जोगाउन कडा परिश्रम गर्दै राप्रपा उम्मेदवार

सदरलाइन संवाददाता १९ बैशाख २०७९, सोमबार १७:२६
 

नेपालगञ्ज :  आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा नेपालगञ्ज उपमहानगरमा राप्रपाबाट मेयरका उम्मेदवार नन्दलाल बैश्य र उपमेयरका उम्मेदवार विन्दु चर्तिमगर विभिन्न वडामा आफ्नो चुनावी अभियान लिएर घरदौलोमा पुगेका छन ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा मेयरसहित केही वडा जितेको राप्रपालाई आफ्नो विरासत जोगाउन पनि विषेश अभियान सञ्चालन गर्नु परेको छ । मेयर उपमेयरका उम्मेदवार विभिन्न वडामा रहेका राप्रपाका उम्मेदवारसहित चुनावी अभियान टोल, वस्ती र घर–घरमा पुगेको मेयरका प्रत्याशी बैश्यले बताए ।

मेयरका उम्मेदवार बैश्यले मतदाताका घर–घरमा पुगेर आफ्नो कार्यकाल भित्र गर्न सकिने विकासका अल्पकालिन र दिर्घकालिन योजनाहरु सुनाउँदै मत मागेको बताए ।


नेपालगञ्जको विकासका लागि आफुले गरेका प्रतिवद्धता पुरा गर्ने बताउँदै बैश्यले एकपटक अवसर दिन अनुरोध गरे । उनले आफुहरु निर्वाचित भएर आएमा नेपालगञ्जको विद्युत समस्या समाधान गर्ने, सडक कालोपत्रे, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि, कृषि पेशातर्फ युवालाई आकर्षित गर्ने लगायतका गाउँमै रोजगारी सिर्जना हुनेखालका कार्यक्रमहरु ल्याउने प्रतिबद्धता गरे ।

यसैगरी उपमेयरका प्रत्याशी चर्तिमगरले नेपालगञ्जको मुहार फेर्ने विकासका योजनाहरु आफ्नो टिममा रहेकोले विकासप्रेमी नेपालगञ्जबासीलाई आफ्नो पक्षमा मतदान गर्न आव्हान समेत गरिन । उनले वडामा घरदैलोमा मत माग्न जाँदा मतदाताले अपनत्व गर्दै आफ्नो टिमलाई स्वागत गरेको बताईन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चोरी मुद्दामा फरार प्रतिवादी बाँकेमा पक्राउ

१९ बैशाख २०७९, सोमबार १७:२६
नेपालगञ्ज : चोरी मुद्दामा एक फरार प्रतिवादी पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१६ बस्ने २२ वर्षीय बाबु अन्सारी भन्ने सलामुद्दिन अन्सारी जोलाहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार, जोलाहमाथि चोरी मुद्दामा २ महिना २४ दिन कैद र १० हजार जरिवाना तोकिएकोमा उनी हालसम्म फरार रहेका थिए […]