कोरोनाबाट दाङकी एक महिलाको बाँकेमा मृत्यु

सदरलाइन संवाददाता १९ पुष २०७७, आईतवार ०९:१२
 

नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा एकजनाको मृत्यु भएको छ । दाङको लमही ८ का ६५ वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा शनिवार राती डेढ बजे मृत्यु भएको हो ।

उनको स्वास्थ्यमा समस्या देखिएपछि पुष १३ गते अस्पताल भर्ना गरी कोरोना परीक्षण गर्दा १५ गते रिपोर्ट पोजेटिभ आएको थियो ।


रोगको प्रकृतिअनुसार औषधोपचार गर्दासमेत स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उनको शनिवार राती मृत्यु भएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए । योसँगै कोरोना संक्रमणबाट बाँकेमा उपचार गराउन आएका बाहिरी जिल्लाको ७८ जनाको मृत्यु भइसकेको छ ।

Next Post

अफ्रिकी देश नाइजरमा बिद्रोही आक्रमण, ७९ जनाको मृत्यु

१९ पुष २०७७, आईतवार ०९:१२
काठमाण्डौ : अफ्रिकी देश नाइजरमा बिद्रोहीको आक्रमणमा ७९ जनाको ज्यान गएको समाचार संस्था रोयटर्सले जनाएको छ । इस्लामिक बिद्रोहीले ग्रामीण क्षेत्रमा गरेको आक्रमणमा सर्वसाधारणको ज्यान गएको हो । ट्चोम्बान्गोउ गाउँमा भएको आक्रमणमा ४९ जनाको ज्यान गएको र १७ जना घाइते भएको खबरमा उल्लेख छ । यस्तै जारोउम्दारेयी गाउँमा भएको आक्रमणमा […]