नेपालगञ्जको वडा नं. १८ मा बुद्ध बाटिका उद्घाटन

सदरलाइन संवाददाता ३० असार २०७८, बुधबार २०:०३
 


नेपालगञ्ज  :  नेपालगञ्ज उपमहानगरपालिका वडानं १८ मा सोल्टी होटेल र भुजाईगांव जाने चौबाटोको चौकमा बुद्ध बाटिका सहितको बुद्ध चौकको एक कार्यक्रमका बीचमा उद्घाटन गरिएको छ ।

वडा अध्यक्ष दिपक बर्माले उद्घाटन गरेको सो बाटीका वडाको बजेटबाट निर्माण गरिएको हो । सो बुद्ध बाटिकाको लागत नौ लाख ५० हजार रहेको वडा कार्यालयले जनाएको छ ।


वडा नं. १८ ले आर्थिक वर्षको अत्यन्तै अन्त्मा पुग्दा पनि विकास निर्माणको कामलाई निक्कै तीब्रता दिएको छ । यो सैगै यसै आर्थिक बर्षमा अरु थप दुईवटा पार्कको निर्माण वडा १८ मा वडाकै बजेटबाट भएको वडा अध्यक्ष बर्माले जानकारी दिए ।

सुर्खेतरोड हनुमान मन्दिरसैगैको पार्क र अर्को बिशालचौकदेखि बनियागांउ जाने बाटोदेखि पश्चिम उज्ज्वलनगरको पार्क निर्माण कार्य सप्पन्न भएर उद्घाटनको क्रममा रहेको छ । वडा अध्यक्ष बर्मा तथा वडा सदस्य दिग्विजय ढुंगानालगायतका जनप्रतिनिधिको पहलमा वडा नं. १८ मा कालोपत्रे बाटो, नाली, ग्राबेल गर्नुको साथै धेरै योजना सम्पन्न भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट भेरी अस्पतालमा एक जनाको मृत्यु

३० असार २०७८, बुधबार २०:०३
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा कोभिड संक्रमित थप एक जनाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–१ रोल्पाका ५० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । असार २३ गते कोभिड संक्रमण पुष्टि भएपछि उपचारका लागि त्यसैदिन उनी अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा सुधार नआउँदा उनको मृत्यु भएको जिल्ला कोभिड […]