चोरी मुद्दामा फरार प्रतिवादी बाँकेमा पक्राउ

सदरलाइन संवाददाता १९ बैशाख २०७९, सोमबार १७:३७
 

नेपालगञ्ज : चोरी मुद्दामा एक फरार प्रतिवादी पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१६ बस्ने २२ वर्षीय बाबु अन्सारी भन्ने सलामुद्दिन अन्सारी जोलाहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, जोलाहमाथि चोरी मुद्दामा २ महिना २४ दिन कैद र १० हजार जरिवाना तोकिएकोमा उनी हालसम्म फरार रहेका थिए ।


पक्राउ गरी उनलाई जिल्ला अदालत बाँकेमा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचन आचार संहिता पालना गर्ने विद्यार्थी संगठनको प्रतिवद्धता

१९ बैशाख २०७९, सोमबार १७:३७
नेपालगञ्ज : जिल्लामा क्रियाशील यूवा तथा विद्यार्थी संगठनले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण बनाउन आचारसंहिताको पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बाँकेस्थित राजनीतिक दल निकट यूवा तथा विद्यार्थी संगठन एवं स्वतन्त्र, साझा यूवा/किशोरी संगठनका प्रमुख एवं प्रतिनिधीहरुले वैशाख ३० को निर्वाचनलाई शान्तिपूर्ण रुपमा सफल बनाउन आचार संहिताको कार्यान्वयन गर्ने प्रतिवद्धता […]