दुई लाख नगदसहित सात जुवाडे पक्राउ

सदरलाइन संवाददाता १४ फाल्गुन २०७७, शुक्रबार ०८:५८
 

कञ्चनपुर : कञ्चनपुरमा २ लाख नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन् । भिमदत्त नगरपालिका वडा नम्बर १० गड्डाचौकीबाट २ लाख नगदसहित ७ जना जुवाडे पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाका अनुसार स्थानीय भुवन भण्डारीले सञ्चालन गरेको करण वार एण्ड रेष्टुरेन्टबाट उनीहरुलाई पक्राउ गरिएको हो ।


पक्राउ पर्नेमा भिमदत्त नगरपालिका वडा नम्बर १० वस्ने २२ वर्षीय दीपकराज जोशी, सोही ठाँउका २४ वर्षीय भुवन भण्डारी, २७ वर्षीय भीम शाही, २९ वर्षीय बिनोद सिंह चन्द, ४६ वर्षीय तेज बहादुर चन्द, २२ वर्षीय महेश सिंह थापा र २२ वर्षीय पंकज पन्त रहेका छन् ।

उनीहरुलाइ नियन्त्रणमा लिई मुलुकी अपराध संहिता २०७४ बमोजिम जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Next Post

राप्तीसोनारीका स्कुले किशोरीलाई रक्तअल्पताबाट जोगाउन फोलिक एसिड खुवाईदै

१४ फाल्गुन २०७७, शुक्रबार ०८:५८
राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउपालिकाका सामुदायिक विद्यालयलयमा अध्ययनरत किशोरीलाई रक्त अल्पताबाट बचाउने उद्देश्यले आईरन चक्की ( फोलिक एसिड) खुवाउन सुरु गरिएको छ । गतवर्षदेखि सुरु गरिएको सो कार्याक्रम कोभिड–१९ को महामारीका कारण स्थगित गरिएको भएपनि गत माघबाट पुन सुरु गर्नेगरी तयारी अगाडि बढाईएको हो । राप्तीसोनारी गाउपालिकामा रहेका ७१ […]