जहाँ पुग्छन् मिश्र, त्यहाँ हुन्छ नाचगान सहितको भव्य स्वागत

सदरलाइन संवाददाता २२ बैशाख २०७९, बिहीबार १६:५२
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार पशुपतिदयाल मिश्रलाई भब्य नाँचगान सहित मतदाताले घर–घरमा स्वागत गरेका छन् । नेकपा एमालेका मेयर पदका उम्मेदवार मिश्र र उपमेयर पदका उम्मेदवार शान्ति ढकाल जहाँ जुन वडामा पुग्छन्, यहाँका मतदाताले हर्षोल्लासका साथ नाँचगान सहित स्वागत गर्ने गरेका छन् ।

बिहीबार बिहान मेयरका उम्मेदवार मिश्र र उपमेयरका उम्मेदवार ढकाल नेपालगन्ज उपमहानगरको वडा नंं. २२ पुगेका छन् । त्यहाँ मतदाताले मेयर र उपमेयरका उम्मेदवारलाई भब्य स्वागत गरेका छन् । नेपालगन्जको विकासका लागि मेयर र उपमेयर पदका योग्य प्रत्यासी भन्दै स्थानीयले जीतको शुभकामना दिएका छन् ।


वडा नं. २२ मा मात्रै होइन मिश्र जहाँ जुन वडामा पुगेका छन् त्यहाँ पनि भब्य स्वागत हुने गरेको छ । जनताको भब्य स्वागत देखेर मिश्र उत्साहित छन् । उनी भन्छन्–‘अहिलेसम्म जहाँ पुगेको छु, स्थानीयको न्यानो माया पाएको छु । यसले मलाई उत्साहित बनाएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज–१२ मा मतदाता शिक्षाको लागि नमूना मतपत्र बोकेर घरघर पुग्दै एमाले उम्मेदवार

२२ बैशाख २०७९, बिहीबार १६:५२
नेपालगञ्ज :  आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनमा एमाले नेपालगञ्ज–१२ का वडा आध्यक्ष र सदस्यका उम्मेदवारहरु घरदैलो सम्पन्न गरि मतादाता साक्षता अभियान लिएर घरघरमा पुग्न थालेका छन् । एमालेबाट वडा नं. १२ मा वडा अध्यक्षका उम्मेदवार हेमराज गौतम हरीले वडाका विभिन्न टोलहरुमा उम्मेदवार सहित घरदैलोमा पुगेर मतदातालाई […]