बाँकेका बालसुधार गृहलाई उपकरण तथा खेलसामग्री हस्तान्त्रण

सदरलाइन संवाददाता १५ फाल्गुन २०८०, मंगलवार २०:१३
 

नेपालगञ्ज : केन्द्रीय बाल न्यायिक समितिको सचिवालयद्वारा बाँकेमा रहेका दुई वाल सुधार गृहलाई विभिन्न प्रकारका जिन्सी उपकरण तथा खेल सामाग्री हस्तान्त्रण गरिएको छ ।

बाँकेको डुडुवामा रहेको जयन्दु बालसुधार गृह र बैजनाथको नौबस्तामा रहेको बालसुधार गृहमा रहेका बालविज्याईकर्ताहरुको बृत्ति विकासको लागि खेलकुदका सामग्री, कम्युटर, ल्यापटप, टेलिभिजन, कुलरलगायतका उपकरण सामग्री हस्तान्त्रण गरिएको हो ।

दुबै बालसुधार गृहमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी युनिसेफ नेपालको सहयोगमा विभिन्न खालका उपकरण तथा टिपिओ नेपालको सहयोगमा खेलसामग्री हस्तान्त्रण गरिएको सर्वोच्च अदालतका रजिष्टार तथा केन्द्रीय बाल न्यायिक समितिका सदस्य सचिव नारायणप्रसाद पन्थीले जानकारी दिए ।

उनले बालसुधारमा रहने बालविज्याईकर्ताहरुको उमेरमा हेरफेर भएको बताउदै पहिला १६ वर्षको मानिएकोमा हाल १८ वर्षको बनाईएको जानकारी दिए । उनले बाल सुधार केन्द्रको व्यवस्थापनको मोडल पनि समयानुकुल परिवर्तन गर्दै लैजानुपर्ने सुझाव समेत आएकोले त्यसतर्फ मनन गरिने बताए ।


बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बालविज्याईकर्ताहरुका लागि निर्माण गरिएको सुधारकेन्द्रलाई समयानुकुल परिमार्जित गरीनु पर्नेमा जोड दिदै भने–‘ हाम्रा सुधारकेन्द्ररु कारागार शैलीका भए यहाँ आउने बालविज्याईकर्ताहरुलाई ज्ञान सिप र आनीबानी सुधार गरेर समुदायमा पठाउने बेलामा कतै व्यवथापनमा भएको कमजोरीका कारण उनीहरुको व्यवहार झन विग्रदै जानेपो होकी भन्ने चिन्ताले सताएको छ । त्यसैले यसको सञ्चालनको मोडललाई पुनःबिचार गरिनु पर्छ ।’

केन्द्रीय बाल न्याय समितिको सचिवालयका  उपसचिव अनुपमा पन्तले बाल न्याय समितिको परिचय र कामका बारेमा जानकारी गराएकी थिईन ।

सो कार्यक्रम जिल्ला अदालत बाँकेका न्यायाधिस बालकृष्ण वाग्लेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जयन्दु वालसुधार केन्द्रको तर्फबाट बिमला काउचा र बालसुधार केन्द्र नौवस्ताको तर्फबाट श्याम रानाले बालसुधार गृहमा रहेका समस्याका बारेमा जानकारी गराएका थिए ।

युनिसेफको तर्फबाट कम्युटर,लगायतका उपकरण सहयोग गरिएको थियो भने टिपीओ नेपालका तर्फबाट खेलसामाग्री उपलब्ध गराईएको थियो ।

   

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लोकल कुखुराको अण्डा, चल्ला उत्पादन गरी बजारीकरण गर्दै खजुराको कुखुरा विकास फर्म

१५ फाल्गुन २०८०, मंगलवार २०:१३
खजुरा (बाँके) : लुम्बिनी प्रदेश सरकारद्वारा सञ्चालन गरेको बाँकेको खजुरामा रहेको कुखुरा विकास फर्मले लोकल प्रजातिको कुखुराको अनुसंधान, उत्पादनसंगै बजारिकरण सुरु गरेको छ । सो फर्मबाट लोकल कुखुराको चल्ला उत्पादन, अणुवांशिक स्रोत संरक्षण, नविनतम जातका पंछिहरु कालिज, बट्टाईलगायतको अनुसंधान र कृषकलाई प्राविधिक सेवा प्रवाह गर्ने गरेको फर्मका प्रबन्धक डा. सुमन […]