मुख्यमन्त्री सहभागी कार्यक्रमस्थल नजिकै बिस्फोट

२९ श्रावण २०७६, बुधबार १८:२२
 

सदरलाइनडटकम,
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी एक कार्यक्रमस्थल नजिकै बुधवार बम विस्फोट भएको छ । कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभामा सम्बोधन गरिरहेको बेला कार्यक्रम स्थलनजिकै दुई पटक विस्फोट भएको हो ।
मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले कार्यक्रम स्थलभन्दा केही पर विस्फोटको आवाज सुनिएको जानकारी दिए । विस्फोटबाट मानवीय क्षति भएको छैन । विस्फोट विप्लव समूहले गराएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । मुख्यमन्त्री शाही एक साताका लागि गृहजिल्ला कालिकोटको भ्रमणमा छन् । उनको टोलीलाई त्रास सिर्जना गर्ने उद्देश्यले अराजक समुहले वम विष्फोट गराएको स्वकीय सचिव सिंहले बताए ।
विस्फोटपछि पनि मुख्यमन्त्री शाहीको पुर्व्निर्धा्रित सवै कार्यक्रमहरु सहज रुपमा सञ्चालन हुने प्रमुख स्वकीय सचिव सिंहले जानकारी दिए । मुख्यमन्त्री शाही गाउँपालिकाको गाउँसभा र दक्षिण एशियाकै अग्लो पचालझरनाकोे पर्यटन प्रवर्द्धनका लागि भइरहेका पूर्वाधार निर्माणका कामहरुको अनुगमन गर्न मंगलबार पचाल झरना गएका थिए । मुख्यमन्त्री शाही कालिकोट गएको बेला यसअघि पनि बम विस्फोट भएको थियो ।

Next Post

जनैपूर्णिमा नेपालगञ्जको बागेश्वरी लगायत देशभरका मन्दीरमा जनै फेर्नेको घुईचो

२९ श्रावण २०७६, बुधबार १८:२२
सदरलाइनडटकम, नेपालगञ्ज  : आज रक्षाबन्धन तथा जनैपूर्णिमाको दिन नेपालगञ्जको बागेश्वरी मन्दीरमा दर्शनार्थी तथा नाडीमा यज्ञपवित्रो (डोरोबाँध्न) र नयाँ जनै फेर्न आउनेको भिडभाड रहेको छ । नेपालगन्जको बागेश्वरी मन्दीरमा बिहानैदेखि जनै मन्त्रोच्चारण गराउन र फेर्न आउनेहरुको भिड रहने गरेको छ । मन्दीरमा रहेका पुरोहित तथा ब्राहमणहरुलाई हातमा डोरी बाँधिदिन र जनै […]