नेपालगञ्ज : निर्वाचन आयोगले स्थानीय निर्वाचनमा भाग लिएका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गर्दै छ । आयोगको निर्वाचन कार्यक्रम बमोजिम शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि शनिबार चुनाव चिह्न वितरण गरिन लागिएको हो ।


स्थानीय निर्वाचन २०७९ मा ७९ राजनीतिक दलले भाग लिँदै छन् । सबैभन्दा बढी काठमाडौंमा ५६ दल र सबैभन्दा कम डोल्पामा ११ दलले प्रतिस्पर्धा गर्ने आयोगले जानकारी दिएको छ । राष्ट्रिय मान्यता प्राप्त ६ दलसँगै निर्वाचन कार्यालय र आयोगमा तोकिएको समयभित्र साङ्गठनिक विवरण बुझाएका राजनीतिक दललाई उक्त दलले दर्ताको समयमा पाएको चुनाव चिह्न पाउने छन् ।
स्वतन्त्ररूपमा उम्मेदवारी दिएका उम्मेदवारले भने निर्वाचन अधिकृतको कार्यालयले राखेको चुनाव चिह्न ‘बैङ्क’ बाट चिह्न रोज्न पाउनेछन् ।