नेपालगञ्जमा वडा अध्यक्षसहित तीनको मनोनयन रद्द

सदरलाइन संवाददाता १६ बैशाख २०७९, शुक्रबार ११:३५
 

नेपालगञ्ज : नेपालगञ्ज उप महानगरपालिकामा उम्मेदवारी दिएका एक वडा अध्यक्ष र दुई वडा सदस्य सहित ३ जनाको विभिन्न कारणले उम्मेदवारी रद्द भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जका सहायक निर्वाचन अधिकृत नगेन्द्र चैलागाईले दिएको जानकारी अनुसार नेपालगञ्ज उपमहानगरको वडा नं १७ मा वडाध्यक्ष पदका उम्मेदवार अजय कुमार पाठक, उपमहानगरपालिका वाड नं ३ दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी बंशाकार र वडानं ७ का सञ्जु बंशाकारको उम्मेदवारी रद्द भएको हो ।

पाठक २०७४ सालको निर्वाचनमा सोही वडाबाट माओवादी केन्द्रबाट वडा अध्यक्षमा विजयी भएका थिए । मनोनयन हुनुअघि मात्रै नेकपा (माओवादीं) केन्द्र छाडेर नेकपा (एमाले) प्रवेश गरेका थिए ।


नेकपा (एमाले) को तर्फबाट मनोनयन गरेका पाठकलाई बैङक्ले कालो सूचिमा राखेका कारण उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत, कार्यालय नेपालगञ्जका सहायक निर्वाचन अधिकृत चौलागाईले जानकारी दिए ।

यसैगरी उपमहानगरपालिका वाड नं ३ र ७ का दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी र सञ्जुको उम्मेदवारी दलित भन्ने निश्शा नभएको कारण रद्द भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेद्वारा नेपालगञ्ज–१२ मा घरदैलो गर्दै मतदाता भेट्दै

१६ बैशाख २०७९, शुक्रबार ११:३५
नेपालगञ्ज : आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनको लागि एमाले नेपालगञ्ज उपमहानगर वडा नं. १२ प्रचार कमिटीले प्रचार अभियानलाई तीब्र पारेको छ । वडाको प्रचार कार्यालयबाट वडा अध्यक्षका उम्मेदवार हेमराज गौतम (हरी), सदस्यहरु परमात्मा बर्मा, प्रदीप सापकोटा, ईता शर्मा र बिन्दु कुमारी विक सहित वडाका पुराना तथा […]