एमालेद्वारा नेपालगञ्ज–१२ मा घरदैलो गर्दै मतदाता भेट्दै

सदरलाइन संवाददाता १६ बैशाख २०७९, शुक्रबार १२:३६
 

नेपालगञ्ज : आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनको लागि एमाले नेपालगञ्ज उपमहानगर वडा नं. १२ प्रचार कमिटीले प्रचार अभियानलाई तीब्र पारेको छ ।

वडाको प्रचार कार्यालयबाट वडा अध्यक्षका उम्मेदवार हेमराज गौतम (हरी), सदस्यहरु परमात्मा बर्मा, प्रदीप सापकोटा, ईता शर्मा र बिन्दु कुमारी विक सहित वडाका पुराना तथा अगुवा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।


शुक्रबार मुक्तिपुरको, स्वर्गद्वारी टोलमा घरदैलोमा पुगरे उम्मदवारले वडाको समग्र विकासको लागि आफ्नो पक्षमा र समग्र नेपालगञ्जको विकासको लागि एमालेका उम्मेदवारलाई मत मग्नुको साथै टोलबासीलाई आफ्ना विकासको योजनाको बारेमा जानकारी गराएको अध्यक्षका प्रत्यशी हेमराजले जानकारी दिए ।

सो घरदैलो अभियानमा एमाले प्रदेश कमिटी सदस्य डम्बरराज सुवेदी, देवदत्त ढकाल, विश्वसेन गौतम, जनकराम भण्डारी, मनकुमारी सिल्वाल, गंगा लम्साल, जगदिश शर्मालगायतको सहभागिता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरका चार स्वतन्त्र उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता

१६ बैशाख २०७९, शुक्रबार १२:३६
कोहलपुर (बाँके) :  बाँकेको कोहलपुर नगरपालिकामा काँग्रेसका उम्मेदवारका बिरुद्ध बागी उम्मेदवारी दिएका बलराम शर्माले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीले युवाका नाममा आफुजस्ता पुराना कार्यकर्ताको भावनाको सम्बोधन नगरेको भन्दै उनले पार्टीकै उम्मेदवारको बिरुद्ध नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । शर्माले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी फिर्ता लिएको बताएका छन् […]

सम्बन्धित