दुर्घटना रोक्न टेक्टरमा ‘रिफ्लेक्टिभ’ स्टीकर

१५ पुष २०७४, शनिबार १८:१९
 

सदरलाइनडटकम,
१५ पुस, नेपालगन्ज : बाँकेमा सवारी दुर्घटना रोक्नका लागि ट्याक्टरहरुमा रातो ‘रिफ्लेक्टिभ स्टीकर’ टाँस्ने अभियान सुरु भएको छ । रातीको समयमा अध्यारोका कारण मोटरसाइकल तथा स्कुटरहरु ट्याक्टरसँग ठोक्किएर दुर्घटना हुने गरेको भन्दै प्रहरीले सबै ट्याक्टरहरुमा रातो स्टीकर टाँस्ने अभियान सुरु गरिएको हो ।
प्रदेश नम्बर पाँच प्रहरी प्रमुख मधुप्रसाद पुडाशैनीको निर्देशनमा पाँच नम्बर प्रदेशभरी नै दश दिने अभियानको थालनी गरी ट्याक्टरहरुको पछाडी प्रकाश परावर्तन गराउन स्टीकर टाँस्ने गरिएको छ ।
‘अधिकांश सवारी दुर्घटना रात्रीमा नदेखेकै कारण भएका छन्, ट्रयाक्टरुको पछाडी लाइट नहुँदा स्कुटर तथा मोटरसाइल ठोक्कीने गरेका छन्’ उनले भने,‘यसलाई न्युनिकरण गर्नका लागि हामीले प्रदेशभरी नै अभियान चलाएका हौं, सबै ट्याक्टररुको पछाडी टाढैबाट प्रकाश पर्दा देखिने रातो स्टिकर टाँसिने छ ।’
उनले हिँउँदको समयमा कुहिरोका कारण सडक नै नदेखिने भएका कारण पनि ट्याक्टरहरुलाई यो स्टीकर आवश्यक भएको बताए । टाढाबाट नै स्पष्ट देखिने भएका कारण स्टीकरले दुर्घटना न्युनिकरण समेत हुने पुडासैनीले विश्वास व्यक्त गरे ।
अभियान सुरु भएको छठौं दिन बुधबारसम्म अधिकांश ट्याक्टरहरुलाई स्टीकर टाँस गर्न लगाएको प्रहरीले जनाएको छ । सडकमा गुड्ने ट्याक्टरलाई रोकेर स्टीकर टाँस गर्न लगाइएको छ । स्टीकर भने सवारी धनी आफैले खरिद गर्नुपर्ने प्रहरीले बताएको छ । साथै बाटोमा बिग्रेर रोकिएका सवारीका कारण पनि दुर्घटना बढेको भन्दै प्रदेशभरीका राजमार्गमा सवारी रोक्न नदिन निर्देशन दिएको प्रमुख पुडासैनीले बताए ।
‘जथाभावि रुपमा सडकमा रोकेर सवारी राख्नाले पनि दुर्घटना भएको छ’ उनले भने, ‘बिग्रेका सवारी बाटोमा राख्नेलाई कारबाही गर्न निर्देशन दिएको छुु, यसले पनि दुर्घटना न्युनिकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’

Next Post

राप्रपा अध्यक्ष कमल थापा भन्छन : पार्टीको ग्रहदशा बिग्रेर लज्जास्पद हार भो

१५ पुष २०७४, शनिबार १८:१९
सदरलाइन / रुद्र सुवेदी,       १५ पुस, नेपालगन्ज : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले पार्टीको ग्रहदशा विग्रेको कारण लज्जास्पद हार व्यहोर्नु परेको बताएका छन् । शनिबार राप्रपा बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटका अवसरमा बोल्दै उनले सो कुरा बताएका हुन । हालै सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको हारका […]