बाँकेमा सडक सुरक्षा तथा ट्राफिक सचेतना जारी

सदरलाइन संवाददाता १३ फाल्गुन २०८०, आईतवार १७:११
 

नेपालगञ्ज : दुर्घटना न्यूनीकरणको मुख्य उद्देश्यका साथ बाँकेमा जारी रहेको ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत दैनिकजसो जिल्लाका विभिन्न स्थानमा विभिन्न कार्यक्रम भइरहेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीले दुर्घटना न्यूनीकरणका लागि चलिरहेको ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत विभिन्न ठाउँमा पुगेर विभिन्न सवारी साधनका चालक, सर्वसाधारण र विद्यार्थीलाई सचेत पार्ने कार्य भइरहेको बताए ।

उनले सोहीक्रममा बाँकेको हवलदारपुर र शम्सेरगञ्जमा सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम गरिएको जनाउँदै ती कार्यक्रममा ४०० बढी विद्यार्थी र सर्वसाधारणको उपस्थिति रहेको बताए ।


जिल्लामा सबैभन्दा बढी दुर्घटना हुने स्थानका रूपमा परिचित मुख्य राजमार्गमा रहेको हवलदारपुर र शम्सेरगन्जमा करिब ४०० विद्यार्थी र अन्य सर्वसाधारणको उपस्थितिमा सडकमै ट्राफिक नियमको बारेमा जानकारी गराइएको प्रमुख सुवेदीले बताए ।

उनले सो अवसरमा उनीहरूलाई जेब्रा क्रसिङ नभएको ठाउँमा सडक पार गर्ने तरिका सिकाउनुका साथै पार गर्न लगाइएको, सडकको छेउमा कसरी हिँड्ने, सडकमा हिँड्दा कुन साइडबाट हिंड्नेलगायतका बारेमा विस्तृत रूपमा सिकाइएको बताए ।

यसैगरी लामो दूरीका सवारी साधनका चालक र सहचालकको स्वास्थ्य परीक्षण गरेर उनीहरूको स्वास्थ्य अवस्था बुझ्नुका साथै समस्या देखिएका तत्काल उपचारका लागि रिफर गर्ने गरिएको पनि सो कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महासमिति सदस्यबाट हमालको राजीनामा

१३ फाल्गुन २०८०, आईतवार १७:११
नेपालगञ्ज : नेपाली कांग्रेस बाँके क्षेत्र नं २ बाट महासमिति सदस्य रहेका पूर्व मन्त्री गजेन्द्र हमालले आइतवार लिखितरुपमा बाँके जिल्ला कार्यसमिति समक्ष राजीनामा दिएका छन् । पूर्व मन्त्री गजेन्द्रबहादुर हमालले भर्खरै सम्पन्न नेपाली काँग्रेसको महासमिति बैठकमा हिन्दू राष्ट्र कायम गरिनुपर्ने विषय महासमितिमा प्रवेश भएको तर त्यस विषयमा कुनै निर्णय हुन […]