नेपालगञ्ज–जानकी सडक खण्डको स्तरोन्नती गरिँदै

सदरलाइन संवाददाता २८ फाल्गुन २०८०, सोमबार १७:४५
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका सँग सहज सम्बन्ध स्थापित हुनेगरी जानकी गाउँपालिका जोड्ने रणनीतिक सडकको स्तरोन्नती अगाडि बढेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष दिपक कुमार बर्माले आइतबार विशालनगर चोकदेखि जानकी गाउँपालिका बनियागाउँ जाने परम्परागत सडक स्तरोन्नतीको शिलान्यास गरेका हुन् ।

एक करोड बढी लगानीको सडक स्तरोन्नती यसअघि वडा नं. १८ ले आफ्नै लगानीमा पहल लिएपनि बजेट अभावले प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन । ‘गत बर्ष अन्तिममा आएर सरकारले पुरै बजेट कटौती गरिदियो’, आइतबार शिलान्यास कार्यक्रमपछि दैनिक नेपालगन्ज वडाध्यक्ष बर्माले भने, ‘तैपनि अघि बढाएको काम रोकिनु हुन्न भनेर वडाबाटै १ सय ५० मिटर लामो काम भएको थियो ।’

एक करोड बढी बजेट स्वीकृत भई कार्ययोजना अगाडि बढिरहँदा अन्तिममा आर्थिक अभावले उक्त सडकको बजेट सरकारले कटौती गरेको थियो ।


‘त्यो बेला मेरो पहलमा वडा नं. १८ का लागि ल्याइएको तीन करोड बजेट अर्थ मन्त्रालयबाट एकाएक कटौतीमा पर्यो’, जानकी गाउँपालिकाबाट गाउँलेहरू बजार आउने किनमेलदेखि आफ्ना उत्पादन बेचबिखनसम्मका लागि निकै महत्वपूर्ण मानिएको सडक निर्माण कार्य अगाडि बढाउन पाएकोमा उत्साहित हुँदै वडाध्यक्ष बर्माले भने, ‘निरन्तरको प्रयासपछि यसपटक ५० लाख बजेट निकासा गर्न सफल भएँ ।’ वडाध्यक्ष बर्माका अनुसार, क्रमागत योजनामा राखेर ५० लाख विनियोजन भएकाले काम सकिए लगत्तै थप बजेट पर्नेमा विश्वस्त भएर सडकको स्तरोन्नती शिलान्यास गरिएको हो ।

शिलान्यास कार्यक्रममा सहभागी स्थानीयले जानकीसँगको सम्बन्धलाई बलियो बनाउने गरी सडक कालोपत्रे हुन लागेकोमा वडाध्यक्ष बर्माको पहल प्रति खुलेर प्रशंसा गरेका थिए ।

वडाध्यक्ष बर्माका अनुसार पहिलो चरणमा तीन सय मिटर लामो अस्फाल्ट कालोपत्रे सडक, वेश तथा सब वेश गरी सात मिटर चौडाई भित्र ६ मिटर अस्फाल्ट गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संगठन सुदृढीकरणका लागि निर्देशन

२८ फाल्गुन २०८०, सोमबार १७:४५
नेपालगञ्ज : नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीको संगठन सुदृढीकरणका लागि गाउँ–गाउँमा केन्द्रित हुन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । नेपाली कांग्रेस बाँके प्रशिक्षण शाखाले पालिकास्तरमा सञ्चालन गरिरहेको प्रशिक्षण कार्यक्रम अन्तर्गत सोमवार खजुरा गाउँपालिकामा आयोजित एक दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति पुनले पार्टीको विचारलाई तल्लो तहसम्म प्रभावकारी […]