बाँकेमा लकडाउनको कडाई ‘सर्वसाधारण र निमुखा’लाई मात्र

२५ जेष्ठ २०७७, आईतवार २२:१७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोबिड–१९ नोबल कोरोना भाईरसको महामारीबाट जोगिन आव्हान गरिएको लकडाउनको ७६ औ.दिन बितेको छ । भाइरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनको कारण सबै क्षेत्र अस्त ब्यस्त छ ।

बाँकेमा भाईरसको संक्रमण तीब्र गतिमा फैलिएको कारण स्थानीय प्रशासनले लकडाउनलाई कडा पार्ने निर्णय गरेको छ । सबैलाई जोगाउन आव्हान गरिएको लकडाउनको भोगाई भने सर्बसाधारण र निमुखा मात्रै पर्दै आएका छन् । पहुँचवाला सरर हुँईकिने सर्बसाधारण निमुखा भने सास्ती व्यहोर्नु पर्ने उनीहरुको गुनासो छ ।

कोरोनाको संक्रमणबाट सबै जोगिन आवश्यक छ तर, नीजि र पहँुचवालाले कोरोनाको संक्रमण नसार्ने निमुखा र सर्वसाधारणले सार्दै हिड्छन् भन्ने भ्रमबाट स्थानीय प्रशाशन मुक्त हुन आवश्यक छ ।

अहिले बाटोको चोक–चोकमा प्रहरी तैनाथ गरी लकडाउन कडाई गर्ने निहुँमा मोटरसाईकल, ईरिक्सा, अटो रोकेर सवारी पास माग्ने गरिन्छ नभए चापी खोसेर चर्को घाममा उभ्याईने गरिन्छ । हुन त संक्रमणबाट जोगिन र जोगाउन प्रशासनले उठाएको बाध्यकारी कदम लकडाउनको कडाई नै होला । तर, यो कडाई निमूखालाई मात्र गर्दा न्यायोचित हुँदैनकी यसतर्फ स्थानीय प्रशासनले स्वमुल्याङ्कन गर्न आवश्यक छ ।


‘निजि चारपाङ्गे सावारीका साधन निर्बाध हिड्न पाउने तर, अत्यावश्यक काम परेर साईकल, अटो, ई–रिक्सा र मोटरसाईकलमा हिडेकालाई भने चापी खोसेर अनाहकमा दुख दिने गरेको छ । यो त अति नै भएन र’–आईतबार साँझ बिपीचोकमा यस्तै दुख पाएका एक व्यक्तिको गुनासो थियो ।

‘स्थानीय प्रशासनले नीजि सवारी साधनलाई सवारी पास दिए नदिएको जाँच हुँदैन तर, काम परेरै जोखिम मोलेर निस्केकाहरु चोक चोकमा यसरी सास्ती व्यहोर्नु परेको छ’– उनको दुखेसो थियो । बाँकेमा लकडाउन फितलो भयो भनेर प्रशाशन प्रमुख पनि फेरीए तर, लकडाउनको कडाईको मार निमुखा माथि मात्रै परेको छ । पहुँचवालालाई कसैले कही पनि रोकीदैन ।

कोरोनाको संक्रमणबाट सबै जोगिन आवश्यक छ तर, नीजि र पहँुचवालाले कोरोनाको संक्रमण नसार्ने निमुखा र सर्वसाधारणले सार्दै हिड्छन् भन्ने भ्रमबाट स्थानीय प्रशाशन मुक्त हुन आवश्यक छ । फाईल फोटो 

Next Post

बाँकेमा १ र बर्दियामा १८ जना कोरोना संक्रमित थपिए

२५ जेष्ठ २०७७, आईतवार २२:१७
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा बर्दिया गरी थप १९ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगञ्जले सोमवार दिउँसो जारी गरेको सूचनाअनुसार बाँकेमा १ र बर्दियाका १८ जनामा कोरोना पुष्टि भएको छ । बाँकेको जानकी गाउँपालिका वडा नं. ४ का २१ बर्षीय पुरुष र बर्दियाको बारबर्दिया ७ का ३४ वर्षीय […]