देवरको हत्या गरेको अरोपमा भाउजु पक्राउ

सदरलाइन संवाददाता ११ मंसिर २०७८, शनिबार १६:२८
 

नेपालगञ्ज : सल्यानमा आफ्नै देवरको हत्या गरेर जलाएको आरोपमा भाउजुसहित दुई जना पक्राउ परेका छन् ।

जिल्लाको शारदा नगरपालिका–५ का ३० वर्षीय शेरबहादुर चन्दको हत्याको आरोपमा प्रहरीले आफ्नै भाउजू २६ वर्षीया लक्ष्मी र छिमेकी भाउजु नातामा पर्ने २५ वर्षीया राधा पौडेल चन्दलाई पक्राउ गरेको हो । चन्दको शव आधा जलेको अवस्थामा घर नजिकैको बाँसघारीमा शुक्रबार फेला परेको थियो ।


स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक चन्दको घरमा रगत देखिएकाले चन्दको हत्या गरी बाँसघारीमा जलाइएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

हत्या गरिएका चन्द गत वर्ष फागुनमा वैदेशिक रोजगारीबाट घर फर्किएको र श्रीमती माइतमा बस्दै आएको अनुसन्धानबाट खुलेको छ । आरोपित लक्ष्मीका श्रीमान् विदेशमा रहेको र बाबुआमा कोहलपुर बस्ने भएकाले घरमा उनी र शेरबहादुर एक्लै भएकाले घटना भएको हुनसक्ने प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियाका स्थानीयतहको शिक्षा नीति निर्माणका लागि तीनदिने कार्यशाला ठाकुरद्वारामा सुरु

११ मंसिर २०७८, शनिबार १६:२८
बर्दिया :  बर्दियाको स्थानीय तहको शिक्षाको नीति निर्माणको लागि तीन दिने कार्यशाला बर्दियामा सुरु भएको छ । प्लान इन्टरनेशन नेपाल, सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारीमा शिक्षा विकास तथा समन्वय इकाई बर्दिया र जिल्लाका ८ वटै स्थानीय तहको समन्वयमा स्थानीय शिक्षा नीति निर्माण कार्यशाला ठाकुरद्वारामा शनिबारदेखि सुरु भएको […]