राप्तीसोनारीको आइसोलेसनलाई सहयोग

सदरलाइन संवाददाता १० जेष्ठ २०७८, सोमबार १६:५३
 

राप्तीसोनारी (बाँके) : राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ५ मा बन्दै गरेको आइसोलेसनका लागि सहयोग गरिएको छ ।

वडाका कोभिड संक्रमितलाई राख्न बन्दै गरेको आइसोलेसनका लागि विभिन्न संघसंस्था एवं व्यक्तिहरुले सहयोग गरेका छन् । राप्तीसोनारी ५ रिहार डाँडास्थित अप्सरा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले आज वडाध्यक्ष झग्रु थारुलाई १० हजार रुपैयाँ सहयोग गरेको छ । अध्यक्ष कृष्णी गिरी, उपाध्यक्ष कमला विक, सचिव रमा वली र कोषाध्यक्ष जानका पुनले अध्यक्ष थारुलाई उक्त रकम हस्तान्तरण गरे ।


त्यस्तै वडा नम्बर ५ रिहार डाँडामै रहेको जय बागेश्वरी बाल संरक्षण केन्द्रले पनि आइसोलेसनका लागि १ हजार ५ सय रुपैयाँ सहयोग गरेको संस्थाकी अध्यक्ष तारा वलीले बताउनुभयो । त्यस अवसरमा उपाध्यक्ष धनसरी वली र कोषाध्यक्ष यमकला बस्नेत पनि उपस्थित हुनुहुन्थ्यो । आइसोलसनका लागि नेपाल पत्रकार महासंघ बाँकेका सहसचिव पत्रकार हेमन्त चौधरीले पनि एक थान सिलिण्डर र मास्क तथा सेनीटाइजर सहयोग गरे ।

सहयोगीहरुले राप्तीसोनारी क्षेत्रमा कोभिड संक्रमित भई समस्यामा परेर सहयोग आवश्यक भएकाहरुलाई सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बेवारीसे अवस्थामा फेला परेका मानिसको उद्धार

१० जेष्ठ २०७८, सोमबार १६:५३
नेपालगञ्ज : बेवारीसे अवस्थामा फेला परेका मानिसको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँके मातहतको वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलिले नेपालगञ्ज उप–महानगरपालिका १ पुष्पलाल चोक नजिक वेवारिसे अवस्थामा रहेका खजुरा गाउपालिका वडा नं.०४ बस्ने बर्ष ६६ का देव बहादुर खत्रीलाई उक्त स्थानबाट उद्दार गरेको हो । खत्रीलाई […]