बाँकेमा पहिलो पटक फेन्सिङ्ग खेल

२८ चैत्र २०७५, बिहीबार १७:५३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपालगञ्ज रङ्गशालाको कभर्डहलमा बिहीबारदेखि फेन्सिङ्ग (तरबारबाजी) खेल शुरु भएको छ । काठमाण्डौमा केन्द्रित भएको फेन्सिङ्ग खेल पहिलो पटक राजधानी बाहिर आयोजना भएको हो ।
राष्ट्रिय खेलकुदसँगै फेन्सिङ्गको चौथो राष्ट्रिय प्रतियोगितासमेत शुरु भएको फेन्सिङ्ग एशोसिएशन नेपालका अध्यक्ष सुनिल श्रेष्ठले जानकारी दिए । नेपालमा ९ बर्ष अघिदेखि फेन्सिङ्ग खेल सुरु भए पनि चार वर्षअघि मात्रै राष्ट्रिय खेलकुदमा समावेश भएको हो ।
प्रतियोगितामा प्रदेश १,३,गण्डकी र सुदुरपश्चिम तथा विभागीय टोली आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरि सात टोलीका १२९ जना खेलाडीबीच ३० स्वर्ण पदकका लागि प्रतिष्पर्धा हुने भएको छ । यो खेल वैशाख ४ गते समापन हुनेछ ।

Next Post

नेपालगञ्ज र कोहलपुरमा राप्रपाको धर्ना

२८ चैत्र २०७५, बिहीबार १७:५३
सदरलाइनडटकम, नेपालगञ्ज : राप्रपा बाँकेले बिहीवार नेपालगञ्ज उपमहानगरपालिका गेटमा धर्ना दिएको छ । राप्रपाले बुझाएको २२ बुंदे ज्ञापन–पत्रको सुनुवाईका लागि दबाब दिन देशव्यापी शान्तिपूर्ण आन्दोलन स्वरुप उपमहानगरपालिका गेटमा धर्ना दिएको हो । राप्रपाको केन्द्रीय कार्यक्रम अनुसार पार्टीका महामन्त्री समेत रहनुभएका नेपालगञ्जका मेयर डा. धवल शम्शेर राणा पनि सहभागी भएका थिए […]